सर्वसुलभ मूल्यमा ल्याउने प्रतिबद्धता,
दैनिक ४० हजार लिटर बजारमा
पनौती / खानेपानी संस्थानले पनौतीनगरपालिका ७ बाट मिनरल वाटर उत्पादनसुरु गरेको छ । मुलुकलाई स्वच्छ, सफा र सर्वसुलभ मूल्यमा पानी खुवाउने लक्ष्य सहितमिनरल वाटर कम्पनी संचालनमा ल्याएको छ। साउनदेखी उत्पादन सुरु गरेको हो । रु एक करोडको लगानी खानेपानीसंस्थानले सुरुवात भएको मिनरल वाटरआयोजनामा घण्टा मै दुई हजार लिटर पानीप्रशोधन गर्न सक्ने क्षमताको मिसिन रहेको
खानेपानी संस्थान पनौती शाखा प्रमुखबुद्धरत्न मानन्धरले जानकारी दिए । जनशतिmअभावमा अहिले दैनिक ४० हजार लिटर मात्र पानी उत्पादन गदै आएका छौ । मानन्धरले भने, हामी सबै जनतालाई सरल र सुलभमूल्यमा खुवाउने प्रतिबद्धता गर्दछौ । उनकाअनुसार अहिले दैनिक २ हजार जार पानीबजारमा गइरहेको छ । भतmपुर, काठमाडौ, पनौती, बनेपालगायतका बैक तथा बित्तिय संस्थाहरुमापहिलो चरणमा पानी सप्लार्यस गरिरहेकोसंस्थानले जनाएको छ । जनजतिm थप्पेर सबैसरकारी कार्यालय तथा मन्त्रालयहरुमाबिशेष रुपमा पु¥याउने आयोजनाको लक्ष्य छ। खानेपानी संस्थानको नाम रहेको उक्त पानीको बोतलमा एन.डव्लु.एस.सि. पानी लेखिएको छ । अहिले एघार जना मात्र
कर्मचारी रहेको पनौती शाखामा जनाएकोछ ।
उतm कार्यक्रमको शुक्रबार खानेपानीतथा सरसफाई मन्त्री महेन्द्र यादवलेउद्घाटन गरेका थिए । मन्त्री यादवलेउद्घाटन पश्चात कार्यक्रमलाई सम्बोधन गदैखानेपानी जस्तो समेदनशिल वस्तुमाहेलचक्राई नगर्न कर्मचारीहरुलाई निर्देशन दिए । ‘तपाईहरुले जुन लक्ष्य सहित पहिलो
सरकारी लगानीको मिनरल वाटर आयोजना ल्याउनुभएको छ, म यसको स्वागत गर्न चाहन्छु, तर यसको सफाई, विश्व स्वास्थ्य संगठन अनुसारको क्वालिटी र क्न्वाटिटी पनि दिन जरुरी छ । उनले निर्देशन दिदै कर्मचारीलाई भने, सुरुवात गर्नु मात्र ठुलो कुरा होइन, सरकारी स्तरबाट सुरुभएको यो कम्पनीले सानो गलत गर्दा पनि सरकार माथि नै पर्ने भएकाले कुनै पनि गलत काम र लापर्वाही नगर्न अनुरोध गर्छु ।’
उनले अन्य मुलुकमा पानीको ठुलो महत्व रहेको बताउँदै नेपालले पानीबाटै मुलुकलाई कायकल्ट गर्न सक्ने बताए । जसरी अरवी मुलुकहरुले तेल बेचेर मुलुकलाई समृद्ध बनाएका छन, त्यसरी नै हामी पनि अन्य मुलुकलाई पानी बेचेर समृद्ध र विकसित बनाउन सक्छौ ।’ जिम्मेवार
भएर काम गर्न कर्मचारीलाई पटक पटक निर्देशन दिएका मन्त्री यादवले हामीले बेच्ने पानी नीजि कम्पनी भन्दा सस्तो, सुलभ र क्वालिटीको हुनुपर्छ अनि मात्र हाम्रो उत्पादन जनताले खोज्छन, होइन जे गरेपनि भइहाल्छनी भन्यौ भने तपाईहरु त सकिनुभयो भयो, सरकारलाई समेत ठुलो असर पर्छ । मन्त्री यादवले हाफ लिटरको पानी बजारमा ल्याउन अनुरोध गरे । तपाईहरु अव फरक तरिकाले चल्नका लागि हाफ लिटरको पानीको बोतल ल्याउनुहोस्, अहिले समुदायको माग यतातिर छ । उनले एक महिना भित्रका ल्याउन आग्रह गरे ।कार्यक्रममा खानेपानी तथा सरसफाई राज्यमन्त्री अव्दुल रजक गद्धीले गुणस्तर, स्वच्छ र सस्तो मुल्यको खानेपानी जनताकोमा पु¥याउन खानेपानी संस्थानले सक्नुपर्ने धारण राखे । सांसद कमल पंगेनीले प्रतिबद्ध भएर सबैले सहयोग गर्ने हो भने, सरकारी तवरबाटै जनतालाई गुणस्तरीय खानेपानी पु¥याउन सकिने बताए ।
खानेपानी तथा सरसफाई मन्त्रालयकासचिव मीनप्रसाद उपाध्यायले बजारमा बढ्दोमागलाई मध्यनजर गरेर मिनरल वाटरउत्पादन सुरुवात गरेको बताए । अहिलेयसको माग बढी छ, यसलाई सरकारीस्तरबाट पनि केही सहुलियतमा जनतालाईसेवा दिउ भन्ने उद्धेश्यले पनौतीमा सरुुवात गरेका हौ । उनले यहाको अवस्था हरेर अन्यजिल्लाहरुमा समते उत्पादन सरुु गर्ने बताए ।
खानेपानी संस्थानका का.मुमहाप्रबन्धक डा. भुपेन्द्र प्रसादले संस्थान कैलगानीमा मिनरल वाटर उत्पादन सुरुगरिएको बताए । हामीले आफ्नै लगानीबाटसुरुवात गरेका छौ, अव यसलाई फराकिलोबनाउन सरकारको सहयोग आवश्यक छ ।उनले मन्त्रालयबाट सहयोग भए अन्य
संस्थानबाट मिनरल वाटर उत्पादन गर्नसकिने बताए ।