धुलिखेल ÷ विहिवार शुरु यसबर्षको प्रवेशिका परिक्षामा काभ्रेवाट ६ कैदी र ४ दृष्ट्रिविहिनले पनि परिक्षा दिएका छन् । दृष्ट्रिविहिनले सञ्जीवनी नमुना उच्च मावि परिक्षा केन्द्रबाट र कैदीले कारागारबाट परिक्षा दिएका हुन् ।
२ सय ४ नीजि र सरकारी विद्यालयका नियमित र एक्जाम्टेड गरी ९ हजार २ सय ८९ विद्यार्थीले परिक्षामा सहभागिता जनाएका छन् । ६६ नीजि विद्यालयका २ हजार र १ सय ३८ सरकारी विद्यालयका ७ हजार २ सय ८९ विद्यार्थी परिक्षामा सहभागी भएको जिल्ला शिक्षा कार्यलय काभ्रेले जनाएको छ ।
कारागार शाखामा दोलखा शैलुङ्गेश्वर गाविस ४ का २३ वर्षोय दिपेश श्रेष्ठ ((डाका मुद्धा), खहरेपाँगु गाविस ६ का २७ वर्षीय कुमार वाइबा (कर्तव्य ज्यान) , १२ वर्षको कैद सजाय भोगिरहेका मकवानपुरका २५ वर्षीय केशव श्रेष्ठ (मानव वेचविखन), धुलिखेलका २१ वर्षका प्रकाश हमाल (सवारी ज्यान मुद्धा), २० वर्ष सजाय भोगीरहेका पनौतीका २६ वर्षीय सुदर्शन हुमागाई (ज्यान मुद्धा) र २० वर्ष सजाय भोगीरहेका नुवाकोटका २२ बर्षीय अर्जुन थापा मगर (कर्तव्य ज्यान) पनि कारागारमा परिक्षामा सहभागी छन् । शुक्रवार सम्म परिक्षा मर्यादित र शान्तीपुर्ण रहेको कार्यलयले जनाएको छ ।