काभ्रे । इजाजतपत्र प्राप्त हातहतियार नजिकैको प्रहरी इकाईमा बुझाउन जिल्ला प्रशासन कार्यालय काभ्रेले अनुरोध गरेको छ । प्रशासनले शुक्रबार एक सूचना जारी गर्दै चैत्र मसान्तभित्र इजाजतपत्र प्राप्त हातहतियार प्रहरीलाई बुझाउन अनुरोध गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारद्धारा जारी सूचनामा भनिएका छ, ‘स्थानीयत तहको निर्वाचनलाई भरपर्दो, विश्वासनीय बनाउन जिल्लाभित्र रहेका इजाजतपत्र प्राप्त हातहतियारहरु २०७८ चैत्र मसान्तसम्ममा नजिकको प्रहरी इकाईमा बुझाउन हतियार धनीलाई अनुरोध गर्ने निर्णय भइ लेखी आए बमोजिम इजाजतपत्र प्राप्त हातहतियार निर्वाचन पश्चात फिर्ता हुनेगरी नजिकको प्रहरी इकाईमा बुझाउनुहुन सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।’