पनौती ÷ सुवेदी कल्याण प्रतिष्ठान (सुकल्प) काभ्रेको आयोजनामा दोस्रो संविधान सभा निर्वाचनमा निर्वाचित सुवेदी सभासद्लाई सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
सम्मानित हुने सुवेदी सभासद्हरुमा रामहरी सुवेदी काभ्रे, कमला कुमारी सुवेदी (घिमिरे) दोलखा र निर्मलप्रकाश सुवेदी बाँकेले मन्तव्य व्यक्त गरेका थिए ।
सोही अवसरमा डा. भवानी शंकर सुवेदी इलाम, प्राकृतिक चिकित्सक नारायणप्रसाद सुवेदी भक्तपुर, माधवप्रसाद सुवेदी कुल रक्षक हेटौंडा, रेयूकाई लिडर्स गणेशप्रसाद सुवेदी भक्तपुर, मधुसुधन सुवेदी लेखक कृष्णप्रसाद सुवेदी, पत्रकार महासंघ काभ्रेका अध्यक्ष महेश पौडेल,
इन्द्रेश्वर उमाविका प्रअ उमारुद्र बस्नेत र अरुण सुवेदी लगायतले सुवेदी वंशावली नमूनाको रुपमा अगाडी बढ्नुपर्छ र नेपालमा भारद्वाज सुवेदीहरु १ सय २३ जात रहेको समेत उल्लेख गरेका थिए । काभ्रेका कुलाधिपति सुदर्शन सुवेदीको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य उपकुलधिपति हरिहर सुवेदीले गरेका थिए भने संचालन कुलसचिव बद्रीप्रसाद सुवेदीले गरेका थिए ।