सुवासको वार्षिक दिवस

काभ्रे । सुवास स्मृति प्रतिष्ठानको १८औं वार्षिक दिवसका अवसरमा आयोजित सम्मान, समर्पण एवं पुस्तक सार्वजनिक तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा स्वागत मन्तव्य एवं वार्षिक प्रगति प्रतिवेदन उपाध्यक्ष केशव थापाले प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष प्रदीप खड्काले आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमको प्रमुख अतिथि भ्रष्टाचार विरोधी अभियानका अभियान्ता भरत जंगमले गर्नुभएको थियो भने कार्यक्रमको सभापतित्व सुवास स्मृति प्रतिष्ठानका अध्यक्ष चन्द्रबहादुर खड्काले गर्नुभएको थियो । कार्यक्रममा डा. राजु ढकाल, डा. अनन्त अधिकारी, डा. मनोज हुमागाईं, डा. भाष्कर हुमागाईं, स्वास्थ्यकर्मीद्वय गंगा हुमागाईं र अप्सरा लामिछानेलाई सम्मान गरिएको थियो ।
सोही अवसरमा पुनः चन्द्र बहादुर खड्काको अध्यक्षतामा ११ सदस्य कार्यसमिति निर्विरोध चयन गरिएको थियो । जसको उपाध्यक्षमा केशव थापा, सचिव राजन थापा, कोषाध्यक्ष प्रदीप खड्का र सदस्यहरुमा प्रदीप केसी, अमृत केसी, हरिमञ्जुश्री अधिकारी, पूर्णबहादुर कार्की, पुण्यवती घले र कुमाले मिजार रहनुभएको छ ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *