सुनिताको नेतृत्वमा सञ्चारिका समूह

काभ्रे । पत्रकारिताको क्षेत्रमा महिलाहरूलाई सक्रिय बनाउने र क्षमता बढाउने उद्देश्यले काभ्रे जिल्लामा सञ्चारिका समूह गठन गरिएको छ ।
नेपाल पत्रकार महासंघ काभ्रेका उपाध्यक्ष सुनिता सापकोटाको अध्यक्षता गठन भएको समूहमा उपाध्यक्ष सम्झना हुमागाईं, महासचिव ज्योती श्रेष्ठ, सचिव अञ्जली तामाङ, कोषाध्यक्ष मालती कुँवर, सदस्यहरूमा सीता काफ्ले, बिपशना शाक्य, शोभा हुमागाईं र काजल तामाङ सहित ९ सदस्यीय समिति गठन भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि सञ्चारिका समूहका केन्द्रीय अध्यक्ष बिमला तुम्खेवाले सम्बोधन गर्ने क्रममा महिलाहरूलाई पेशागत रुपमा अगाडी बढ्नको लागि सञ्चारिका समूहबाट थप उर्जा पुग्ने बताउनुभएको छ ।
कार्यक्रममा विशिष्ट अतिथि सञ्चारिका समूहका केन्द्रीय सदस्य राधा खनाल, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष ईश्वरी ओझा, महेश पौडेल, नेपाल पत्रकार महासंघ काभ्रेका उपाध्यक्ष विनोद कुमार न्यौपाने, भगवती तिमल्सिना, नेपाल प्रेस युनियन काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारी, प्रेस चौतारी नेपाल काभ्रेका अध्यक्ष भुनव रायमाझी, प्रेस सेन्टर नेपाल काभ्रेका अध्यक्ष रोजन तामाङ, तामाङ पत्रकार संघका अध्यक्ष अञ्जली तामाङ, फोनिज काभ्रेका अध्यक्ष इन्द्र बहादुर थापा मगर, फोटो पत्रकार महासंघ काभ्रेका अध्यक्ष केशवराज पौडेल लगायतका वक्ताहरुले नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई एवं शुभकामना दिनुभएको थियो ।
कार्यक्रमको सञ्चालन ज्योती श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता नेपाल पत्रकार महासंघका अध्यक्ष बद्रीराज तिमल्सिनाले गर्नुभएको थियो ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *