बनेपा ÷ नेपाल रेडक्रस सोसाइटी काभ्े जिल्ला शाखा सामुदायिक उत्थानशील परियोजना कार्यक्रम अन्तर्गत जिल्लास्थित सरोकारवाला कार्यालय तथा संघसंस्थाहरु बीच समन्वय गोष्ठी बनेपामा बसेको छ ।
सन् २०१३ देखि शुरु भएको ढुंखर्क र चलाल गणेशस्थान गाविसमा सम्पन्न गरिएका गतिविधिहरु र सन् २०१४ को प्रस्तावित कार्यक्रमको जानकारी दिने उद्देश्यले गरिएको गोष्ठीमा प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भट्टराई, स्थानीय विकास अधिकारी प्रेमकुमार श्रेष्ठ, प्रहरी उपरिक्षक अरुणकुमार बिसी, जिल्ला शिक्षा कार्यालय प्रतिनीधि, जिल्ला स्वास्थ्य कार्यालयका प्रतिनीधि, कृषि विकास कार्यालयका प्रतिनीधि लगायत अन्य संघसंस्थाहरुको उपस्थितिमा जिल्लास्थित कार्यालय तथा संघसंस्थाको भूमिकाको विषयमा छलफल भएको नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाको कोषाध्यक्ष महेश्वर जंगमले जानकारी दिए ।
शाखाका सभापति श्यामसुन्दर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम मन्त्री विश्वनाथ ताम्राकारले संचालन गरेका थिए । गोष्ठीमा शाखा कोषाध्यक्ष एवं सामुदायिक उत्थानशील परियोजनाका संयोजक महेश्वर जंगम र कार्यक्रम अधिकृत भम्क बहादुर घलेले कर्याक्रमको प्रस्तुति गरेका थिए । साथै उक्त दिन नै विपत प्रति कार्यको लागि सामुदायिक पहल विषयमा कार्यक्रम अधिकृत हर्कबहादुर भण्डारीले जानकारी गराएका थिए ।
सन् २०१३ देखि २०१६ सम्म संचालन हुने उक्त परियोजनाले खानेपानी, स्वास्स्थ्य, सरसफाई, जिविकोपार्जन सम्बन्धी कार्यक्रम, संस्थाहरुलाई संस्थागत विकास लगायतका कार्यक्रम गर्दै आइरहेको छ ।