सहज हुँदै सिटामोल

काभ्रे । काभ्रेमा सिटामोल सहजै पाउन थालिएको छ । जिल्ला अनुगमन समितिले गत आइतबार बनेपाका मेडिसिन सप्लायर्स र फार्मेसीमा गरेका अनुगमन पश्चात सहजै सिटामोल पाइन थालेको हो । जिल्लाका अस्पताल, मेडिकल, फार्मेसी, स्वास्थ्य चौकी लगायतमा पारासिटामोलको अभाव भएको जनगुनासो आएपछि सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारको नेतृत्वमा अनुगमन भएको थियो ।
सहायक प्रमुख जिल्ला अधिकारी सुनुवारले जिल्लामा प्रयाप्त मात्रमा सिटामोलजन्य औषधी रहेको बताउनुभयो । गुनासो अनुसारको केही मेडिकल तथा औषधी पसलमा सिटामोल नभएको भएपनि मेडिसिन सप्लायर्स र फार्मेसीमा सिटामल रहेको उहाँको भनाई छ । बनेपाको जनगालमा रहेको क्युरेक्स औषधी उद्योगमा पनि सिटामलजन्य औषधी प्रयाप्त मात्रमा बनेको र त्यसका लागि चाहिने कच्चा पदार्थ पनि रहेको बताउनुभयो । 
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोत्तम राज सेढाइ, घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधि, काभ्रे उद्योग बाणिज्य संघ, बनेपा नगरपालिका स्वास्थ्य शाखा लगयातको उपस्थिती रहेको थियो ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *