सरमथली स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

काभ्रे । तेमाल गाउँपालिका वडा नं. ३ सरमथली कुँडालमा रहेको सरमथली स्वास्थ्य चौकीका लागि स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ ।
धुलिखेलमा रहेको कान्छीमाया तामाङ फाउण्डेशनको समन्वयमा बोधि सत्व विहार बुढानिलकण्ठले सो स्वास्थ्य चौकीका लागि अक्सिजन कन्सन्टेटर १ थान, मेडिकल फोरहेड थर्मामिटर ५ थान, पिपिएपी मेशिन १ थान, केएन ९५ मास्क २ बाकस, पल्स अक्सिमिटर १० थान, पिपि सेट, मास्क, सेनेटाइजर, ग्लोब्सलगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि फाउण्डेशनका अध्यक्ष डा। दिलबहादुर लामाले ती स्वास्थ्य सामग्री अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं तेमाल गाउँपालिका वडा नं। ३ का वडा अध्यक्ष विष्णुबहादुर तामाङ र सरमथली स्वास्थ्य चौकी इञ्चार्ज पेम्बा तामाङलाई हस्तान्तरण गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष डा। लामाले ग्रामिण भेगमा आफूहरुले सहयोग गर्न पाउँदा खुशी व्यक्त गर्दै स्वस्थ रहन पाउनु सबैको अधिकार भएको बताए । उनले भावी दिनहरुमा पनि यस प्रकारका गतिविधिमा फाउण्डेशनले कार्यक्रमहरु सञ्चालन गर्दै जाने बताए । दाता निकाय बोधिसत्व विहारसँगको समन्वयकर्ता एवं कार्यक्रमका विशिष्ट अतिथि टेकबहादुर तामाङले ग्रामिण भेगमा स्वास्थ्य सामग्रीको पूर्ण उपलब्ध गराउन सके स्वास्थ्य सेवामा सहजता हुने बताए। उनले कान्छिमाया तामाङ फाउण्डेशनले गर्दै आएको सेवाको पनि प्रशंसा गरे ।
कार्यक्रममा बोल्दै वडाअध्यक्ष एवं स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष लामाले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा जो कोही जान चाहन्छ, त्यो नागरिकको नैसर्गिक अधिकार भएको बताए । उनले गुणस्तरीय स्वास्थ्य सेवामा स्वास्थ्य प्रदायक संस्था, स्वास्थ्यकर्मी र सेवाग्राही सबैको इमान्दारिता र जिम्मेवारी भए पनि सिमित साधन स्रोतसँग सम्झौता गर्नु पर्ने बाध्यता रहेको र दातृ निकायहरुबाट प्राप्त हुने सहयोगले यसमा उर्जा थपिने बताए । उनले दाता निकाय बोधिसत्व विहार र कान्छिमाया तामाङ फाउण्डेशनलाई विशेष धन्यवाद दिँदै भावि दिनहरुमा पनि सहयोग निरन्तर राख्न आग्रह गरे ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *