नेपाली साहित्य आकाश, जहाँ धेरै साहित्यकारहरू उदाए, अस्ताए विगतमा र क्रम निरन्तर छ अहिले सम्म पनि । यसै आकाशका एक धरोहर हुन् कृष्ण धराबासी । साहित्यका पारखीहरूका लागि यो कुनै नयाँ नाम होइन । पाण्डुलिपी, आधाबाटो, राधा, µोला लगायतका २ दर्जन भन्दा धेरै सफल कृति साहित्यलाई दिइसकेका धरावासी पूर्वी नेपालको पाँचथर जिल्लामा वि.सं. २०१७ सालमा जन्मिएका हुन् । यसपटक मध्यमार्गका लागि ज्ञानमणि नेपाल कालोटोपीले उनै साहित्यसारथी धरावासीसँग साहित्यक्षेत्रका विविध आयाम र देशको पछिल्लो अवस्थामा केन्द्रित रहेर रमाइलो कुराकानी गरेका छन् । के रहेछ त त्यो कुराकानी हेरौं, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश ः–नेपाली साहित्य आकाश, जहाँ धेरै साहित्यकारहरू उदाए, अस्ताए विगतमा र क्रम निरन्तर छ अहिले सम्म पनि । यसै आकाशका एक धरोहर हुन् कृष्ण धराबासी । साहित्यका पारखीहरूका लागि यो कुनै नयाँ नाम होइन । पाण्डुलिपी, आधाबाटो, राधा, µोला लगायतका २ दर्जन भन्दा धेरै सफल कृति साहित्यलाई दिइसकेका धरावासी पूर्वी नेपालको पाँचथर जिल्लामा वि.सं. २०१७ सालमा जन्मिएका हुन् । यसपटक मध्यमार्गका लागि ज्ञानमणि नेपाल कालोटोपीले उनै साहित्यसारथी धरावासीसँग साहित्यक्षेत्रका विविध आयाम र देशको पछिल्लो अवस्थामा केन्द्रित रहेर रमाइलो कुराकानी गरेका छन् । के रहेछ त त्यो कुराकानी हेरौं, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश
यहाँको साहित्य लेखन कसरी शुरू भयो ?
शुरूकै कुरा गर्ने हो भने त ०२८ सालमा विद्यालय स्तरिय पढाईको क्रममा शिक्षकले मलाई कविता लेखेर ल्याउ भन्नु हुन्थ्यो । म कविता लेख्न जान्दैनथें । शिक्षकको नजरमा कमजोर देखिनु पनि त भएन , त्यसैले निरन्तर १ वर्ष सम्म मैले साहित्यकार कृष्ण प्रसाद पराजुलीका कविता सारेर स्कूल लैजान थालें । सबैको वाह वाही पाइयो । तर यो राम्रो कुरा पनि थिएन जून मलाई मात्र थाहा थियो । सधैं यसरी चल्न सक्ने अवस्था त थिएन । अनि सोचें – कहिले सम्म अरूको रचना सार्नु ? विस्तारै लेख्न थालें । त्यो लेखाईले विश्राम लिन मान्दै मानेन । र आज यो अवस्थामा छु । पहिलो रचना ०३२ सालमा एउटा पत्रिकामा छापियो । पुस्तकका रूपमा चाहिं ०४८ सालमा बालक हराएको सूचना भन्ने शिर्षकमा निबन्धसंग्रह बजारमा आएको हो ।
हिजो आज के मा व्यस्त हुनु हुन्छ ?
भर्खरै मेरो २८ कृतिको रूपमा तल्लो बाटो उपन्यास प्रकाशित भएको छ । त्यसकै प्रचार प्रसारमा व्यस्त छु ।
त्यतिबेलाको साहित्यलेखन र अहिलेको साहित्यलेखनमा के भिन्नता पाउनुभएको छ ?
समय अनुशार प्रविधिले गर्दा अहिले धेरै सजिलो छ । तर यसो भनेर त्यतिबेला त्यति धेरै कठिन पनि थिएन । लेख्नेहरूले लेखिरहेकै थिए । यति हो कि अहिले जस्तो सजिला मिडियाहरू र प्रकाशनहरू थिएनन् । आफ्ना रचनाहरू मिडियामा प्रकाशन गर्नु प¥यो भने महिनौं सम्म कुर्नु पर्ने अवस्था थियो । तर अहिले त्यस्तो छैन । धेरै संचार माध्यमले गर्दा सजिलो भएको छ ।
साहित्यका कुन–कुन विधामा यहाँको कलम चलेको छ ?
कविता, कथा, उपन्यास , नियात्रा, समालोचना, जीवनी र निवन्ध लगायतका विधामा कलम चलाएको छु ।
पढ्न जस्तो लेख्न त पक्कै सजिलो हुदैन । एउटा लेखक साँच्चै कै लेखक हुनका लागि उसले आफूमा के–के गर्नु आवश्यक छ ? आफ्नो अनुभव बताइदिनुस् न ।
हो हामी पढ्छौं । पढ्दा रमाइलो लाग्छ । त्यो रचनालाई पढ्न सक्ने बनाउन एउटा लेखकले कति मिहिनेत गरेको छ भन्ने कुरा बुµ्नको लागि पढ्ने मान्छे पनि गहिराईमा पुग्नै पर्छ । एउटा कृषकले कति दुःख गरेर कृषि उत्पादन गर्छ । खाने मान्छेले किनेर सजिलै खाइदिन्छ । उसले धुलो, हिलो र पसिनाको अनुभव गर्दैन । लेखक र पाठक पनि त्यस्तै हो । यसो भनेर पाठकलाई हेप्न खोजेको चाहिं हुदैं होइन । सबै मान्छे लेखक हुन सक्दैन । यो यथार्थ पनि हो । म लेखक पनि हुँ , पाठक पनि हुँ । लेखक हुनलाई लेखकिय शक्ति पनि चाहिंदो रहेछ । मैले दुवै कुराको अनुभव लिएको छु ।
त्यसो भए लेखनको के जादु छ तपाईं सँग ? जसले एउटा सामान्य नागरिक कृष्ण भट्टराईलाई एका एक वरिष्ठ साहित्यकार कृष्ण धरावासी बनायो ?
तपाईंको प्रश्नले धेरै कुराको अपेक्षा गरेको छ । यसको मतलब यहाँले मैले साहित्य लेख्दा के–के दुःख पाएँ भनेर खोतल्न खोज्नु भएको हो कि जस्तो लाग्दै छ । यथार्थमा भन्दा मैले लेखकिय विषयका लागि कुनै ठाउँ वा व्यक्तिका घरतिर धाउँदै धाइन । आफूले जे भोगें त्यो अनुभव साहित्यको विषय बनाएँ । मेरो आफ्नै अनुभव समेटिएको आधाबाटो पढ्ने धेरैलाई थाहा छ मेरो वास्तविक भोगाई । त्यसमा मैले आफ्नो घर जलेको पीडालाई उतारेको छु । त्यति मात्र होइन, त्यसपछिका दिनहरूमा आफ्नो परिवारलाई माग्ने जस्तो व्यवहार गर्नेहरूले गर्दा थप पीडा भयो । यहि पीडा र आफ्नै घर जलेको विषयलाई साहित्यलेखन तिर ढाल्ने प्रयास गरें । यसो भन्दा धेरै ठूलो कुरा गरें जस्तो लाग्न सक्छ । वास्तविक रूपमा भन्नु पर्दा आफ्नो घर जलेको विषय लेखेर मैले राजधानीमा अर्को घरको जग हाल्न सकें । यति मात्र होइन, हाम्रो समाजमा अहिले सम्म पनि कति धेरै विकृतिहरू छन् । ती विकृतिहरूको पर्दाफास गर्ने हो भने पनि अझै धेरै कृतिहरू साहित्यले पाउन सक्छ । मेरो झो पनि त्यस्तै विषय हो । यसमा तत्कालिन समाजमा विद्यमान सतिप्रथाको µल्को देख्न सकिन्छ । मैले भन्न खोजेको कुरा के हो भने आफ्नै भोगाई र देखाईहरूलाई साहित्यमा ढाल्न सक्ने हो भने पनि जो सुकै व्यक्ति साहित्यकार बन्न सक्छ जस्तो लाग्छ । तर त्यस्तो जादु नै त म सँग केहि पनि छैन ।
त्यसबेलाको कुरा आयो , कसरी सोच्नुभयो त्यो विषय ? तपाईंले भोग्नु भएको त थिएन नि ?
सबै भोगाई मात्र लेखकिय विषय हुन्छ भन्नु गलत पनि हुन सक्छ । मैले इतिहास पढेको छु । इतिहासकै आधारमा पनि साहित्यलेखन हुन सक्छ । झोला पनि यस्तै विषय हो । एकपटक साहित्य प्रतियोगिताका लागि एउटा कथा दिनु पर्ने भयो । के लेखौं के भयो । मेरो बाल्यकालकै कुरा सम्µें । बुवा म सानै हुँदा बित्नुभयो । म आज जून अवस्थामा छु आमाको योगदानको कारणले आइपूगेको हुँ । अनि सोचें कुनै बेला सति जस्तो कुप्रथा पनि थियो नेपालमा, यदि यो प्रथा आज सम्म पनि कायम थियो भने त म के अवस्थामा हुन्थें होला । आमा–बुबा विहिन अवस्थाको कल्पना गर्दा गर्दै झोला कथा मैले एक बसाईमै लेखेको हुँ । आज हामी राणाहरूले केहि गरेनन् भन्छौं । तर उनीहरूले सतिप्रथा र दासप्रथाको त अन्त्य गरे नि । नत्र आज सम्म कति आमाहरूले जिउँदै जल्नु पथ्र्यो होला , कति मान्छे पशु µैं किनबेच हुन्थें होला ?
तपाईंका हरेक कृतिहरू पाठकले मन पराउँनुको खास कारण के होला ?
कुनै पनि व्यक्ति त्यो यूगको नायक हुन्छ । यसो भनेर म यस यूगको नायक हुँ भन्न खोजेको चाहिं होइन । सकारात्मक सोच र आफूलाई समय अनुसार ढाल्ल सकियो भने म र मेरा कृतिहरू मात्र होइन , यस्तै हजारौं कृतिहरू पनि समय अनुशारका पाठकले रूचाउँछन् । आज हामी भानुभक्त आचार्यका कृतिहरू पढ्छौं, ती त्यतिबेला निकै चर्चामा थिए र छन् अहिले पनि । त्यो समयको माग थियो । अहिले मेरा पुस्तकहरूलाई पाठकहरूले मन पराए भनेर पछि सम्म पनि यो कायम हुन सक्छ र हुनै पर्छ भन्ने होइन । पछिल्लो पुस्ताका पाठकले अरू नै विषय पनि रोज्न सक्छन् । जतिबेला मेरा पुस्तक पाठकले रूचाएनन् भनेर म खिन्न भएँ भने त्यो मूर्खता हुन्छ । कुनै समय अरूलाई माया गरेका पाठकले अहिले मलाई माया गरिरहेका छन् । भोली अरूलाई पनि माया गर्न सक्छन् । यो स्वभाविक पनि हो । समय अनुशार पाठक पनि परिर्वतन हुँदै जान्छन् । जानु पनि पर्छ । शायद अहिलेका पाठकहरूले मैले लेखेकै जस्तो विषय खोजेका थिए होलान् त्यसैले मेरा पुस्तकहरू वढी मन पराएका हुन् कि जस्तो लाग्छ ।
अहिलेको प्रविधिको यूगलाई यहाँले कसरी हेर्नु भएको छ ?
हुन त समयले हरेक कुराको जन्म दिन्छ । प्रविधी पनि त्यस्तै हो । आज हामी सामाजिक सञ्जालको कुरा गर्छौं । इमेल र अन्य विद्युतिय संचार माध्ययमको कुरा गर्छौं । यी सबै समयको माग हो नि । यी नभए पनि त त्यतिबेलाका मानिसहरूले दैनिकी त चलाइरहेकै थिए नि त । तर अहिले यी विषय अनिवार्य जस्तै भइसकेका छन् । दोस्रो विश्वयुद्धमा भएको मानवीय क्षतीले यति धेरै प्रविधिको विकास भएको हो जस्तो लाग्छ । जसले गर्दा आज हामीलाई धेरै सजिलो भएको छ ।
साहित्य भन्दा बाहिरको कुरा गर्नु पर्दा नेपालको पछिल्लो राजनितीक घटनाक्रमलाई यहाँले कसरी हेर्नु भएको छ ?
एकातिर यो सबै केहि व्यक्तिहरूका सिमीत स्वार्थले गर्दा भएको हो कि जस्तो लाग्छ । अर्कातिर हामी धेरै परनिर्भर पनि भयौं । जसले गर्दा आफ्नो लागि केहि गर्न पनि अरूले गरिदिए हुन्थ्यो भनेर सोच्न तिर लाग्यौं । आफ्नै देशमा भएका वस्तुहरूको पनि सदुपयोग गर्न सकेनौं । यस्तो अवस्था विगतमा पनि हामीले भोगिसकेका थियौं तर त्यसबाट पाठ सिक्न सकेनौं । अहिलेको पुस्ताले यसबाट पाठ सिकेर अब पहिले जस्तो परनिर्भरता हटाउन सक्यौं भने आगामी दिनहरूमा यस्ता समस्याहरूबाट मुक्त हुन सक्छौं जस्तो लाग्छ । समय अनुशार आएका परिर्वतनलाई आत्मसाथ गर्ने यो एउटा सकारात्मक अवसर पनि हो ।
समय र संवादका लागि यहाँलाई धन्यवाद
पाठक सामू मेरा भनाईहरू पु¥याउने अवसर दिनुभएकोमा तपाईंलाई पनि धन्यवाद ।
ज्ञानमणि नेपाल कालोटोपी