सडकहरु विग्रन थाले
संगिता नेपाल ÷ प्रशिक्षार्थी
काभ्रे जिल्लाको मण्डनभेग आसपासका ग्रामिण सडकहरु भत्कन थालेका छन् । अधिकांश सडकहरु कच्ची भएका र मर्मत नभएकाले सडकहरु भत्किन थालेका हुन् । वर्षायाममा बाटो खन्ने काम गरिएका कारण पनि धेरैजसो सडकहरु भत्किएको स्थानियहरुको गुनासो छ । सडक विग्रने क्रम सँगै अहिले गाउँ–गाउँ सम्म जाने मालबाहक तथा यात्रीबाहक सवारी साधनहरु चल्न सकेका छैनन् । जसका कारण तरकारी लगायत अन्य कृषि उत्पादनहरु बजार लैजान नसक्दा किसानहरु समस्यामा परेका छन् । भत्किएका सडकहरुमा कुन्तावेशी–नयाँगाउँ, हिंगुवापाटी–जोगिटार, हिंगुवापाटी–देउपुर, फेदी–कोट्याङ् , दोलालघाट–ज्याम्दी, लगायतका छन् । यी सडकहरु वर्षेनी रुपमा विग्रने तर संरक्षण गर्न नसकिएकाले सधैं समस्या हुने गरेको स्थानीय पदम बहादुर नेपालले गुनासो गरे ।
पुराना धार्मिकस्थल ओझेलमा
संगिता नेपाल ÷ प्रशिक्षार्थी
जिल्लाका पुराना र ऐतिहासिक महत्व बोकेका धार्मिकस्थलहरु अहिले ओझेलमा पर्न थालेका छन् । अस्तित्व नै गुम्न थालेकोमा स्थानीय चिन्ता व्यक्त गर्छन् । मण्डनभेगका धार्मिक धरोहरहरु उमादेवी मन्दिर , दुलालेश्वर महादेवको मन्दिर , तपेश्वरी देवीको मन्दिर, चण्डेनीमण्डनको गणेश मन्दिर यतिखेर संरक्षणको पर्खाइमा छन् ।
पछिल्ला दिनहरुमा ऐतिहासिक महत्व रहेका टुँडालहरु, घण्टा, मुर्ति र कतिपय शिलालेखहरु हराउने क्रम वढेको छ । संरक्षणमा कसैको पनि चासो नगएको र अब पनि यस तर्फ ध्यान नपु¥याउने हो भने केहि वर्षमा पुरै संरचना हराउने खतरा रहेको उमादेवी मन्दिरका पुजारी नन्द बहादुर श्रेष्ठले गुनासो गरे ।