काभे्रको महादेवस्थान गाविस स्थित कुन्तावेसि र धाइटार जोड्न स्थानिय चाखोलामा पक्कि पुल निर्माण गरिंदै गर्दा अस्थाई रुपमा बनाईएको काठे साँघुबाट जोखिमपूर्ण तरिकाले वारपार गर्दै सर्वसाधारणहरु । लामो समय देखि पुल नभएको यहाँ भर्खरै मात्र पक्कि पुल निर्माण शुरु गरिएको भएपनि यसलाई पूर्णता दिन अझ एक वर्ष भन्दा वढि समय लाग्ने र यस अवधीमा सर्वसाधारणहरुले दैनिकरुपमा यसरी नै साँघु तर्नुपर्ने अवस्था आएको सर्वसाधारणहरुको भनाई छ ।