संरक्षण अभावमा ओझेल परेको हनुमान मन्दिर

काभ्रे । धुलिखेल नगरपालिका–११ मा रहेको हनुमानको मन्दिर संरक्षण अभावमा मासिन लागेको छ ।
स्थानीय सरकारले यसमा चासो नदिएपछि यो मन्दिर मासिन लागेको हो । यसै मन्दिरको नामबाट यसस्थानको नाम रहेको छ । यहाँ हनुमानकै नामबाट विद्यालय, वचत संस्था, योग शिविरलगायत संचालनमा छन् । तर मुख्य मन्दिर भने पुरै भग्नावशेषमा परिणत भएको छ । स्थानीयवासीहरुले यसको संरक्षणमा चासो दिएपनि बजेट अभावले मन्दिरले पूर्णता पाउन नसकेको स्थानीयवासी भवनाथ तिमल्सिना बताउँछन् ।
चुनाव अघि मन्दिर बनाउने ठूला भाषण गर्नेहरु चुनाव जितेर गएपछि वास्ता नगर्ने गरेका कारण पनि मन्दिर अलपत्र परेको उनले गुनासो गरे । धार्मिक र ऐतिहासिक दृष्टिले निकै महत्वपूर्ण यस मन्दिरको संरक्षणमा जोड दिनु पर्ने नत्र एकादेशको कथा जस्तै हुने स्थानीयहरुले बताएका छन् ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *