श्री गंगाको उत्पत्ति र खण्ड वर्णन

श्री शुकदेव र राजा परिक्षितका कुराकानी । जय राजा बलिका यज्ञशालाबाट भगवान् श्री हरिले आफ्नो पाउलाई आकाशतिर बढाउनु भयो अनि बुढी औंलाको नङले प्वाल पर्न गएको ब्रह्माण्डबाट निर्मल गंगा बग्न लागिन् । श्री विष्णुका चरणबाट पहिले निस्केको हुँदा उउनको नाम भगवत्पदी भनियो । हजारौं युगपछि यसलाई विष्णुपरी पनि भन्दछन् । भत्त, ध्रुवले त यिन (गंगा) लाई आफ्नो क्ुलदेवताको चरणको जल पनि भन्दथिए । त्यसपछि सबै आत्मा श्री वासुदेवलाई सम्झने ऋषिमुनिहरु सप्तऋषिहरु हामीहरुलाई सबै प्रकारको मुक्ति प्रदायमी यिनै गंगालाइक्षर्् मान्न थाले । यिनी गंगा भन्दा कोही अरु मुक्तिदाता छैन भनि आफ्ना जटाजु्टमा धारण गर्दछन् । त्यसपछि करोडौं देवताले पुर्ण (बसेको) भएको आकाशको बाटो गरी सुमेरु पर्वतका शिखरमा रहेका स्वस्तछिन् ।् ब्रह्मपुरीमा गंगा सीता, अलकनन्दा, चक्षु, भद्रा यी धारमा विभक्त र्भै चार दिशा बग्दै अन्तमा नदीका मालिक (अधिश्वर।) समन्द्रमा गएर मिसिन्छन् । सीता ब्रह्मपुरीबाट केशरा चल आदि गरिएका पर्वतका टाक्राबाट वेगले ततल बग्दै गन्धमादनको शिखरमा झर्दछिन् र भद्राशव खण्डको भित्र भित्र बग्दै पूर्वतिर क्षारसमुद्रमा गएर मिसिन्छन् । यसैगरी चक्ष्ुचाही माल्यविानको टाकुरामा पुगेपछि त्यहाँबाट सिधै केतुमाल खण्डको भित्रतिरबाट पश्चिम हुँदै समुन्द्रमा प्रवेश गर्दछिन् । भद्रा नामको धार उत्तर दिनशा हुँदे सुमेरुको शिखर बाट एक पर्वतबाट अर्काे पर्वत हुँदै अन्तमा श्रृङ्गवान पर्वतनको शिखरबाट ओर्ली उत्तर कुरुनाम गरेको देशको भित्रबाट उत्तरतिर बग्दै सम्ुन्द्रमा गएर मिसिन्छन् । यसैगरी अलकनन्दा नाम गरेको धारा ब्रह्मपुरीको दक्षिण पट्टिको अनेक पर्वतको शिखरलाई नाघेर हेमकुटमा पुगेपछि त्यहाँबाट अत्यन्त तीव्र वेगले हिमालयका शिखरलाई चिर्दै भारत वर्षमा आउँदछिन् र फेरी त्यहाँबाट दक्षिणतिरको समुद्रमा प्रवेश गर्दछिन् । यी अलकनन्दामा स्नान गर्न आउने मानिसहरुलाई पड पड (जति पाइला हिड्छन्) मा अश्वमेद्य र राजयसुय यज्ञ गरेको भन्दा बढी फल पाउँछन् । यसैगरी अरु पनि धेरै नदीहरु सुमेरु आदि गरिएका पर्वतबाट उत्पन्न भई प्रत्येक खण्डमा बग्दछन् । हे परिक्षित ! यी सबै खण्ड मध्यउ सबैभ्नदा अशल भरतखण्ड नै कर्मभूमि हो । अरु बाँकी सबै आठपटा खण्ड स्वगषर््बाट बाँकिरहेको पुण्यको भोग गर्ने स्थानहरु हुन । स्वर्गपनि तिन प्रकारका हुन्छन, दिव्य स्वर्ग, भौमश्वर्गा र विलश्वर्ग । यिनमा यी आठै वटा खण्डहरुलाई भौम अर्थात् भूलोक स्वर्ग भन्दछन् । त्यहाँका देवता जस्ता पुरुषत्वहरुका, मनुष्यका गणना अनुसार दश हजार वर्षको आयु हुन्छ । यी पुरुष (मानिस) मा त्यति नै दशहजार हात्ती समानको बल हुन्छ र यिनीहरुको शक्ति कहिले कम हुँदैन र यिनीहरु धेरै काल (समय) सम्म शरीर आदिका विषय भोग गर्न पाउँछन् र गर्छन् । अन्तमा आयुको एक वर्ष बाँकी रहेपछि यिनीहरुका स्त्रीहरुले गर्भधारण गर्दछन् र यिनीहरु त्रेतायुगी झै बढो आनन्दसँग समय बिताउँछन् । यहाँका रुखहरुमा नाना प्रकारका फलफुलले झकिझकाउ भईरहनेछने । तलाउ नदि आदिमा नाना प्रकारका कमल फुल र विभिन्न प्रकारका हाँसहरु खेलीरहेका हुन्छन् । त्यहाँका नदी नालाहरुमा राम्रा राम्रा देवदेवताहरु जलक्रीडा गरि रहनेछन् । तिनीहरुका सेवक सेविकाहरुले सेवा सत्कार गर्दछन् । यी नौ खण्डमा रहने पुरुषहरुका अनुग्रह गर्नका लागि भगवान श्री नारायण विभिन्न मूर्तिद्वारा विराजमान हुनुहुन्छ । इलावृत खण्डमा भने भगवान् श्री शंकर मात्र एक पुरुष हुनुहुन्छ । किनभने त्यहाँ श्री पार्वतीको श्राप परेको हुनाले । त्यो इलावृत्त खण्डमा जुन पुरुष जान्छ, स्त्री भई जान्छ । यसको कारणपछि बताइनेछ । यहाँ पार्वती आदि हजारौं स्त्रीद्वारा पुजनी भगवानु शंकर परमपुरुष परमात्माको (बासुदेव, प्रद्युम्न, अनिरुद्र, संकर्षण) चार प्रकारको मुर्तिमा आफ्नो कारण रुप चौथो संकर्षणको चिन्तन र मनन गर्दै मन्त्र जप गर्दै स्तुति गर्दछन् । जसबाट सम्पूर्ण गुणको प्रकाश हुन्छ उनै ॐ कार स्वरुप परम् पुरुषलाई म बारम्बार नमस्कार गर्दछु् । हे भज्न युक्त प्रभु, तपाई, भक्तहरुका अगाडी प्रकट हु्नुहुन्छ र अभक्त (जो भक्त छैनन् तपाईका) हरुदेखि तपाई टाढा रहनुहुन्छ । हे भक्त वत्सल प्रभो, तपाईदेखि को टाढा रहन सक्ला । भक्तहरुका लागि तपाई सहर्ष शिरमा समस्त भुमण्डल लाई शिरमा सानो सस्र्युंको (तोरी) ठोडा जस्तो गरेर राखिएको छ, यस्ता तपाईलाई बारम्बार नमस्कार छ । यस जगतको उत्पत्ति र प्रलय पनि तपाई कै रुप हो, बस्ता तपाईलाई बारम्बार नमस्कार छ । हे राजा परिक्षित । यसैगरी भद्राश्वखण्डमा धर्मदत्तका छोरा भद्रश्ववा र उनका सेवकहरुले वासुदेवको हयग्रीव नामक धर्ममयी प्रिय ! मुर्तिलाई हृदयमा धारणा गरी ॐ नमो भगवते धर्माचात्मविसोधाम नमः भन्दै हे प्रभो ! आफ्नै हातले बाबुको दाहसंस्कार कर्म गरेर धर आउँछन्, पछि उनै बाबले आर्जन गरेको धनबाट ऐश आरमतिर लाग्दछ । हे प्रभो ! तपाईको मायाले नै यस्तो भएको हो । यसमा आश्चर्य मान्नु्पर्ने कुरा केही छैन । तपाईले घोडाको रुप धारण गरेर प्रलय कालमा तय प्रधान मध्कैटभ देत्यद्वारा हरण गरिएको वेदलाई ब्रह्माजीले प्रार्थना गर्दा रसातलबाट ल्याएर ब्रह्माजीलाई दिनुभयो । यस्तो लिलाबताएर तपाईलाई मेृरो नमस्कार छ । हरिवर्ष खण्डमा नृसिंहरुपले रहनु भै भक्त प्रल्हादको दैत्य कुलको उद्दार गर्नुहुने, तपाईलाई नमस्कार, हे यज्र नख, बज्र दंष्ट्र, हाम्रो कर्मबासनालाई नास गरिदिनु होस् । हे भगवान ! तपाईका चरित्र सुन्ने मानिसहरुका कामको बाटो गरी तपाई भित्र जानु हुन्छ र उसको सब्ै पापलाई भष्म गरिदिन्ुहुनेछ । जसरी माछालाई पानी अति नै प्रेम लाग्दछ र जीवनको आधार हुन्छ, त्यस्तै गरी साक्षात भगवान हरि पनि सबै प्राणीहरुको प्रिय आत्मा हुनुहुन्छ । केतुमाल खण्डमा लक्ष्मी जीका तथा सम्वत्सर नाम गरेका प्रजा पतिका छोरा छोरीप्को कल्याण गर्नका लागि कामदेवको रुपले वास गर्नुहुन्छ, ती रात्रीका अभिमान िदेवता रुप क्न्याहरुको र डिनका अभिमानी देवता रुप छोराहरुको अग्यु छत्तिस छत्तिस हजार वर्ष छ, यिनीहरु नै केतुमानल खण्डका स्वामी हुन् । परम पुरुष श्री नारायणको सुदर्शन चक्रका तेजले प्रजापति ती सबै कन्याहरुको मन थर्कमान हुन्छ र प्रत्येक वर्षको आखिरमा गर्भ तुहिन्छ । श्री लक्ष्मी जी रातमा परम समाग्धी योगद्वारा प्रजापतिका कन्याहरुका साथ र दिनमा उनीहरुका पतिक साथ आराधना गर्दछिन् । हे इन्द्रियका स्वामी हृषिकेश तपाईलाई नमस्कार, संसारका जति जति श्रेष्ठ (राम्रा) चीजहरु छन् तिनैबाट तिम्रो रुप प्रकट हुन्छ । एघार इन्द्रिय र पाँच विषय तपाईका कला हुन् । तपाई सर्वशक्तिमान हुनुहुन्छ । तपाइृ मनोबल, इन्द्रिय बल, देहबल सबै तपाई नै हुनुहुन्छ । परमसुन्दर कामदेव तपाई लाई ॐ, हीं, हीं,। हुँ यस वीजमन्त्रले हामी नमस्कार गर्दछौं । हाम्रो दुवै लोक हामी माथि प्रसन्न रहनुहोस् । रम्यकखण्डमा भगवानुले मत्स्यावतार रुप धारण गर्नुभयो र त्यहाँका अधिपति राजा मनुलाई आफ्नो रुप देखाउनु भयो । राजा मनु अधिले सम्म्पनि सोही स्वरुपको ध्यान गरी रहन्ुहुन्छ । ब्रह्मादी देवताहरुले तपाईलाई एकपटक त्यागे । तर, ती देवताहरुले मानिस, पशु पंक्षी, स्थावर, जंम आदिहरुको कसैले रक्षा गर्न सकेनन् । तपाईले नै रक्षा गर्नुभयो । यस्ता तपाईलाई मेरो नमस्कार छ । हिरण्यमयखण्डमा भगवानु कच्छपरुप धारण गरेर रहनुहुन्छ, त्यहाँका निवासीहरुका साथमा पितृगण अधिपति अर्थमा भगवानको त्यस मुर्तिको उपासना गर्दछन् । जो कालदेखि बाहिर छन्, ॐ का स्वरुप कच्छप भगवानुलाई बारम्बार नमस्कार छ । अनेक रुप देखिनै पेृथ्वीको प्रपञ्च मिथ्या छ । तपाई अनेक नाम रुपले प्रख्यात हुनुहुन्छ । कपिल आदि विद्वानले तपाईमा चौबिस तत्वको संख्या को कल्पना गरेका छन् । यस्ता तपाईलाई नमस्कार छ । उत्तर क्ुरुखण्डमा भगवान् यज्ञपुरुष बराहम्रर्ति धारण गरेर विराजमान हुनुहुन्छ । यहाँका निवासीहरु तपाईको भक्तिभावले उपासना गर्दछन् । ॐ कार स्वरुप श्री बराह भगवान्लाई नमस्कार छ । जसरी एउटा हात्तीले अर्काे हात्तीलाई पछार्दछ, त्यसैगरी हिरण्याक्ष देत्यलाई मारेर रसा तलमा डुबिराखेकी मलाई (पृथ्वी) आफ्नो दाह्रूाको टुप्पामा राखेर गहिरो समुन्द्रबाट बाहिर ल्याई दिनुभयो, यस्ता सामथ्र्यवानु तपाईलाई म बारम्बार नमस्कार गर्दछु । क्रमशः……

content advertise ment

Leave a Reply

Your email address will not be published. Required fields are marked *