श्रीमानको कुटाइबाट नमोबुद्धकी वडा सदस्य बिकको मृत्यु

धुलिखेल । नमोबुद्ध नगरपालिका वडा नं. ११ की दलित महिला सदस्य ज्ञानी बिकको आफ्नै श्रीमानको कुटपिटका कारण मृत्यु भएको छ।

श्रीमान शम्भु बिकको कुटपिटबाट गम्भीर घाइते भएकी ज्ञानीको धुलिखेल अस्पतालमा उपचारको क्रममा बिहीबार मृत्यु भएको हो । घरायसी झगडाको क्रममा जेठ २९ गते राति शम्भुले ज्ञानीमाथि कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते उनलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको थियो । धुलिखेल अस्पतालमा परिक्षणको क्रममा टाउकोमा रगत जमेको पाइएपछि उनको शल्यक्रियासमेत गरिएको थियो ।

ज्ञानीलाई कुटपिट गर्ने उनका श्रीमान शम्भुलाई प्रहरीले पक्राउ गरिसकेको छ। उनको शव अहिले पोष्टमार्टमको तयारी भइरहेको छ । उनलाई श्रीमान शम्भुले गह्रौ वस्तुले टाउकोमा प्रहार गरेको पाइएको छ ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *