नमोबुद्ध । नमोबुद्ध नगरपालिका वडा नम्बर ५ कोटतिमालमा श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु भएको छ ।
शनिबार बिहान ५९ बर्षीय धनबिर दमाई परियारलाई आफ्नै श्रीमति करिब ४० बर्षीय कमला परियारले लठ्ठीले टाउकोमा हानेर हत्या गरेको प्रहरीले बताएको छ ।
कमलाले मादक पदार्थ सेवन गरी आफ्नै घर भित्र निगालोको लठ्ठीले टाउकोमा हाँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जानकारी दिएको छ । प्रहरीका अनुसार कमला परियारलाई नियन्त्रणमा लिएर कोटतिमालको चौकीमा राखिएको जनाएको छ ।