शैक्षिक गुणस्तरका लागि के गर्ने ?

— दण्डपाणि उपाध्याय

१) शिक्षण प्रक्रियामा सकेसम्म व्यावहारिक तरिका अपनाएर विद्यार्थीहरूलाई सानैदेखि विषयवस्तुको दिगो ज्ञान दिलाउने ।
२) शिक्षकहरूशैक्षिक गुणस्तरका लागि के गर्ने ?
— दण्डपाणि उपाध्याय

१) शिक्षण प्रक्रियामा सकेसम्म व्यावहारिक तरिका अपनाएर विद्यार्थीहरूलाई सानैदेखि विषयवस्तुको दिगो ज्ञान दिलाउने ।
२) शिक्षकहरूलाई वैज्ञानिक शिक्षणपद्धति, मनोविज्ञान तथा मूल्याङ्कन विषयमा तालिम दिनुपर्ने ।
३) पाठ्यक्रमलाई समयसुहाउँदो र विद्यार्थीको उमेर–स्तरअनुकूल बनाउने ।
४) कक्षाकोठाको भौतिक पूर्वाधार सुधारी शिक्षण र ज्ञानार्जन प्रक्रियालाई आरामदायी र सहज बनाउने ।
५) विद्यार्थीहरूको मनोविज्ञान बुझ्न शिक्षक र अभिभावकलाई प्रेरित गर्ने ।
६) कुन विद्यार्थीमा कस्तो प्रतिभा अन्तर्निहित छ, त्यसको बेलैमा पहिचान गरी विद्यार्थीलाई त्यसै क्षेत्रमा लाग्न अभिप्रेरित गर्ने ।
७) विद्यार्थीलाई सैद्धान्तिक र प्राविधिक ज्ञानका साथै समाजप्रति सजग र आफ्नो नैतिक कर्तव्यप्रति पनि सजग बनाई योग्य नागरिकको निर्माणमा पहल गर्ने ।
८) विद्यार्थीहरूलाई अङ्कमुखी र स्थानमुखी पढाइमा प्रेरित नगरी पढेको कुरालाई मनन गर्न, चिन्तन गर्न र प्रयोग गर्न सक्ने बनाउनेतर्फ ध्यान दिने ।
९) परीक्षा–प्रणालीलाई वार्षिक र अर्धवार्षिक नबनाउने, कक्षाकोठामै विद्यार्थीको वर्षैभरि निरन्तर जाँच गरी शिक्षण–प्रक्रियामा मूल्याङ्कन प्रणालीलाई निरन्तरता दिने किसिमको बनाउने र वार्षिक तथा अर्धवार्षिक परीक्षा (३ घण्टे) लाई कम अङ्कभार दिने ।
१०) विद्यार्थीहरूमा सामूहिक भावनाको विकास गराउन अस्वस्थ र व्यक्तिगत प्रतिस्पद्र्धालाई कम गराई सामूहिक गृहकार्य र कक्षाकार्यको व्यवस्था मिलाउने ताकि सामूहिक कार्यको महàव उनीहरूले सानै उमेरदेखि सिकुन् ।
११) एउटा कक्षाको वर्ग वा शाखामा सकेसम्म २४ जना विद्यार्थीभन्दा बढी विद्यार्थी नराख्ने ।

लाई वैज्ञानिक शिक्षणपद्धति, मनोविज्ञान तथा मूल्याङ्कन विषयमा तालिम दिनुपर्ने ।

content advertise ment

Leave a Reply

Your email address will not be published. Required fields are marked *