शैक्षिक क्षेत्रका अगुवा महिलाहरू सम्मानित

पनाैती/पनौती नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालय तथा महाविद्यालयमा नेतृत्व गर्ने महिलाहरु सम्मानीत भएका छन् ।
नेपालको गुणस्तरीय शिक्षाका सुविख्यात अभियन्ता एवम् बहुप्रतिभाशाली व्यक्तित्व स्वर्गीय लक्ष्मण राजवंशीको स्मृति दिवसको अवसर पारी सिद्धार्थ वनस्थली इन्स्टिच्यूट, पनौती –८, काभ्रेले लक्ष्मण राजवंशी स्मृति पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा ती प्रधानाध्यापक तथा प्राचार्य र क्याम्पस प्रमुखहरु सम्मानीत भएका हुन् ।
पूर्व प्रधानाध्यापक एवम् गुठियार रामप्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न सो सम्मान कार्यक्रममा गुठियार एवम् वि. व्य. स. अध्यक्ष श्री केशव थापाले स्वागत मन्तव्य व्यक्त गरेका थिए । पनौती नगरपालिका नगर प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यतामा भएको थियो ।
सिद्धार्थ वनस्थली इन्स्टिच्यूट, बालाजुका प्राचार्य एवम् विद्यालयका सल्लाहकार रुपक राजवंशीको विशिष्ट आतिथ्यता रहेको सो कार्यक्रममा प्याब्सन केन्द्रका उपमहासचिव श्री भिमसेन के.सी. को विशेष आतिथ्यता रहेको थियो ।
प्याब्सन काभ्रे जिल्ला शाखा र पनौती नगरकार्यसमितिका पदाधिकारीहरु, पनौती न.पा., शिक्षा शाखा, इन्स्टिच्यूटका गुठियारहरु, पनौती न.पा., वडा नं ८ र १२ का वडा अध्यक्ष तथा जनप्रतिनिधिहरु , विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, सिद्धार्थ वनस्थली ईन्स्टिच्यूट बालाजुका सहप्राचार्य, पनौती नगरभित्र रहेका विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, स्थानिय शिक्षासेवी, समाजसेवी, राजनितीज्ञ, विद्यालयका शिक्षकहरु बौद्धिक व्यक्तित्व लगायतको उपस्थिति रहेको थियो ।
स्वर्गीय राजवंशीले सिद्धार्थ वनस्थली इन्स्टिच्यूटको स्थापना गरेका थिए । कार्यक्रममा उनै संस्थापक प्रिन्सिपल स्वर्गीय राजवंशीको तस्वीरमा माल्यार्पण सहित उनी लगयत शिक्षा क्षेत्रमा अतुलनीय योगदान दिनुहुने सम्पूर्ण पुण्यात्माहरुको चीर शान्तिको कामना गर्दै १ मिनेट मौनधारण समेत गरिएको थियो ।
सम्मान कार्यक्रमलाई प्रमुख अतिथि नगर प्रमुख रामशरण भण्डारीले पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए । भण्डारीले कार्यक्रमको उदघाटन गर्दै संस्थागत विद्यालयले पनौतीको शिक्षा क्षेत्रमा पुर्याएको योगदान सरहानीय रहेको बताएका थिए ।
कार्यक्रमका बिशिस्ट अतिथि सिद्धार्थ वनस्थली इन्स्टिच्यूट बालाजुका प्राचार्य एवम् स्वर्गीय. लक्ष्मण राजवंशीका सुपुत्र रुपक राजवंशीले यो सम्मान कार्यक्रम आयोजना गरेकोमा विद्यालय परिवारलाई धन्यवाद दिए ।
कार्यक्रममा पनौती नगरपालिका भित्र संचालित सामुदायिक/संस्थागत विद्यालय र क्याम्पसका महिला प्राचार्य/प्रधानाध्यापकलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा श्री वालकल्याण प्रा. वि, प्र.अ. कल्याणी वोहोरा, श्री धनेश्वर महादेव प्रा. वि, प्र.अ. महेश्वरी थापा, श्री शान्तिनिकेतन मा. वि. प्र.अ. माला अधिकारी, श्री पुण्य मा. वि., प्र.अ. सरस्वती कणेल, सिद्धार्थ वनस्थली इन्ष्टिच्यूट प्र.अ. रेश्मा थापा र तेजगंगा बहुमुखी क्याम्पस, क्याम्पस प्रमुख डा. अम्बुभवानी कार्की रहेका छन् ।
विद्यालय व्यवस्थापन समितिको निणर्यानुसार गठित छनौट तथा सिफारिस उपसमितिको सिफारिसमा इन्स्टिच्यूटको गुठियार समितिको बैठकले वि.सं. २०८१ बाट लागू हुने गरी हरेक वर्ष काभ्रेको शैक्षिक विकासमा उल्लेख्य योगदान गर्ने व्यक्तिलाई रु २५,००० नगदसहित लक्ष्मण राजवंशी स्मृति, शिक्षा पुरस्कार प्रदान गर्ने कार्यक्रम तय गरे अनुरुप यो बर्षको नगद पुरस्कार÷सम्मान तेजगंगा बहुमुखी क्याम्पस, क्याम्पस प्रमुख डा. अम्बुभवानी कार्कीलाई प्रदान गरिएको थियो ।
सम्मानित व्यक्तित्वहरु मध्ये प्र.अ. सरस्वती कणेल, क्याम्पस प्रमुख डा. अम्बुभवानी कार्कीले यो सम्मानले जीवनमा शिक्षा क्षेत्रमा काम गर्ने उर्जा बढेको भन्दै सम्मानको लागि विद्यालय परिवारलाई धन्यवाद दिएका थिए ।
कार्यक्रमको सभाध्यक्ष गुठीयार रामप्रसाद अधिकारीले संस्कार सहितको शिक्षा प्रदान गर्नमा सबैले जोड दिनुपर्ने बताएका थिए । विद्यालयका सहप्राचार्य विमल कार्कीले धन्यवाद ज्ञापन गरेको उक्त कार्यक्रमको सञ्चालन कोर्डिनेटर प्रविण दाहालले गरेका थिए ।
All reactions:

ज्ञानमणि नेपाल कालोटोपी, Krishna Shrestha and 13 others

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *