बसन्त खत्री
यात्राको क्रममा ‘मध्यमार्ग’ तिमीले
१९ औं सिढी उक्ल्यौ
१९ औं पाइला चाल्यौ र
१९ औं वर्षमा पुग्यौ
सफलताका साथ
धेरै खुसी लाग्यो
यात्राकै क्रममा
कति हण्डरगोता खायौ होला
कति दुःख सास्ती पायौ होला
कति कठिनाई झेल्यौ होला
कति बाधा अल्झनसंग खेल्यौ होला
थाहा भएकै कुरा हो,
यो पनि,
कतिले साथ दिन्छन्, कतिले साथ छोड्छन् ,
कतिले नाता जोड्छन्, कतिले नाता तोड्छन्,
कोहि नजिकिन्छन्, कोहि टाढिन्छन्,
कोहि भित्रिन्छन्, कोहि बाहिरिन्छन्,
आफ्नोपनबाट,
यस्तै रहेछ संसार,
सोचे जस्तै सजिलो कहाँ हुने रहेछ र
कुरो र कुलो जहाँ पनि पुग्ने रहेछ
भने जस्तै
हो आफ्नो कथा आफैसंग
आफनो व्यथा आफैसंग
अनि,
कतिले औलो ढड्याए होलान्
कतिले दोष देखाए होलान्
कसैले छुड्र वचन भने होलान्
कसैले खोइरो खने होलान्
तर जे गरुन्
एउटा सकारात्मकशील र अर्को नकारात्मकशील पाटो
एउटा सत्कर्मशील, अर्को दुष्कर्मशील बाटो
र त तिमी,
सकारात्मकशील पाटोमा रहेर
सत्कर्मशील बाटोमा हिडेर
आफ्नो कर्तव्यमा अडिक रह्यौ र
हिम्मत हारेनौ
हरेस खाएनौ र
पछि हटेनौ हमेसा
जस्तै परिस्थितिमा पनि अघि बढिरह्यौ
दरिलो साहस बोकेर
आफ्नो धेयमा तल्लिन भएर
लगनशिलताले – इमानदारिताले
सदभावशीलताले,
उन्नयनपूर्वक
उन्नतिशिलताले
प्रस्फुरण भईरहनु
सफलताको शिखर चुमिरहनु
शुभकामना
पनौती–१०, खोपासी, काभ्रे