शिर मेमोरियलमा क्यान्सरको उपचार सेवा शुरु

काभ्रे । काभ्रेपलाञ्चोक तथा आसपासका जिल्लाका नागरिकहरुलाई क्यान्सर रोगको उपचारमा सहजता प्रदान गर्ने उद्देश्यले बनेपास्थित शिर मेमोरियल अस्पतालले सेवा शुभारम्भ गरेको छ । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपकुमार गौतम र बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले संयुक्तरुपमा सेवा शुभारम्भको उद्घाटन गरेका हुन् ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. हेक्टर गायरसले अस्पतालले सेवामा सहजता प्रदान गर्ने उद्देश्यले सबै प्रकारका क्यान्सर रोगको उपचार र रोकथामका लागि जनचेतना फैलाउने गरी सेवा विस्तार गरिएको बताए । समन्वय समिति प्रमुख दिपकुमार गौतमले क्यान्सर महामारीका रुपमा फैलिएकाले त्यसको उपचारमा नागरिकहरुले बेहोरिरहेको असहजतालाई सहज बनाउन शिर मेमोरियल अस्पतालमा सुरु भएको क्यान्सर रोगको उपचार सेवालाई गुणस्तरीय र आम नागरिकको पहुँचमा पु¥याउन समन्वय गर्ने बताए । बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले बनेपा नगर क्षेत्रका मात्रै नभई जिल्लाभित्रका नागरिकलाई क्यान्सर रोगको उपचारमा सहजताका लागि अस्पतालले शुरु गरेको सेवालाई प्रभावकारी बनाउन स्थानीय सरकारको तर्फबाट सहजिकरण गरिने बताए ।
अस्पतालका मेडिकल डाइरेक्टर डा. एन्जिला बस्नेतले नेपालमा एक जना डाक्टरका लागि शहरी क्षेत्रमा १२ हजार र ग्रामीण भेगमा १ लाख ५० हजार नागरिक हेर्नु पर्ने अवस्था रहेको बताइन् । उनले क्यान्सर रोग बिरामीका लागि अझै भयावह अवस्थामा रहेको बताउँदै रोग लाग्नै नदिन, रोग लागेकालाई क्यान्सर बढ्न नदिन र निको नहुने खालका बिरामीलाई सहजता प्रदान गर्न उपचार सेवा प्रभावकारी हुने बताइन् ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *