शब्दयात्राले सम्मान समर्पण गर्ने

बनेपा । शब्दयात्रा प्रकाशनले हरेक वर्षझैं यस वर्ष पनि काभ्रे जिल्लाका विभिन्न विधाका व्यक्तित्वहरुलाई सम्मान समर्पण, पत्रकार कदरपत्र, छात्रवृत्ति, अनुसन्धान विद्वत पुरस्कार वितरण गर्ने भएको छ ।

सम्मानित पत्रकारहरुमा नेपाल पत्रकार महासंघ काभ्रेका उपाध्यक्ष, बिहानी एक्सप्रेस डटकम नामक अनलाइन पत्रिका र सञ्चारिका समूहमा आबद्ध पत्रकार सुनिता सापकोटा, अरनिको टेलिभिजनका अध्यक्ष शंकर अधिकारी, फोटो पत्रकार भुवन भोछिभोयालाई पत्रकार हरिगोपाल प्रधानले सम्मान समर्पण गर्नुभएको हो ।

त्यसैगरी समीर आचार्यलाई शब्दयात्रा सावित्री थापा अनुसन्धान विद्वतवृत्ति, अमृका ताम्राकारलाई शब्दयात्रा भोजपुर अनुसन्धान विद्वतवृत्ति, कालिका त्रिपाठी पन्तलाई शब्दयात्रा सुभाष खड्का अनुसन्धान विद्वतवृत्ति, उद्धवप्रसाद नेपाललाई शब्दयात्रा काभ्रेपलान्चोक अनुसन्धान विद्वतवृत्ति, काभ्रे बहुमुखी क्याम्पसका पत्रकारितामा स्नातक तहमा अध्ययनरत बिपशना शाक्यलाई द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति र भूप–मुक्ति विकलाङ्ग छात्रवृत्ति अनुग्रह प्रजापतिलाई सम्मान समर्पण गरिने भएको शब्दयात्रा प्रकाशनद्वारा गठित तीन सदस्य सकुल थापाको संयोजकत्वमा प्रदीप केसी बन्जारा र अमृत अधिकारी रहेको समितिले जनाएको छ ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *