शब्दयात्राका पाँच पुस्तक सार्वजनिक

बनेपा । शब्दयात्रा प्रकाशनले विभिन्न लेखकहरुका पाँच पुस्तकहरु सार्वजनिक गरेको छ । शनिबार बनेपामा एक भव्य कार्यक्रमको आयोजना गरि सो प्रकाशनले पाँच वटा कृतिहरु सार्वजनिक गरेको हो ।
शब्दयात्राले लिलादेवी श्रेष्ठका अठोट नाटक संग्रह र जिन्दगीका डोबहरु भजन संग्रह, हरि कोर्कालीका जून मामा बालकविता संग्रह र धृतराष्ट्रको शुभकामना व्यङ्ग्य कविता संग्रह र लोकमान मास्केको मनमा नअटेका कुरा कविता संग्रह सार्वजनिक गरेको हो ।
कार्यक्रममा लेखक लिलादेवी श्रेष्ठले आफ्ना कृतिहरुका बारेमा मन्तव्य राख्दै आफ्ना जीवनका भोगाईहरुलाई जिवन्त तुल्याइएको आभाष आफ्ना कृतिहरुमा उल्लेख गरेको बताउनु भयो भने उहाँका श्रीमान् केदारनाथ श्रेष्ठले आफूहरु ८२ वर्षिय उमेरमा पनि चखेवा जोडी झैं जिएका छौं भन्दै आफू डाक्टरबाट पीडित भएको व्यक्ति आफ्नो गीतमा उल्लेख गर्नु भएको थियो । उहाँले आफू पनि पहिले मृर्गौला रोगी भएको र श्रीमती लिलादेवीबाट २५ वर्षअघि मृर्गौला दान भएको र फेरि क्यान्सर पीडित बन्न पुगेपनि क्यान्सर उपचार स्वदेशमै गराएको बताउँदै कोभिडले पनि छोडेन र यसबाट पनि आफू बचेको गीत मार्फत बताउनु भएको थियो ।
सो अवसरमा महिला तथा बालबालिका अभियान्ता लक्ष्मी पोखरेलले छोरीको भ्रुण हत्या विषय शीर्षकमा कविता प्रस्तुत गर्नु भएको थियो । त्यस्तै अर्का लेखक लोकमान मास्केले आफ्नो मनमा नअटेका कुरा कविता संग्रहमा पोखेको बताउनु भयो । अर्का लेखक हरि कोर्काली (पूर्वप्रशासक) ले जूनबेला धृतराष्ट्र अन्धो भएर बोल्नु परेको अवस्था म प्रशासक हुँदा राज्य र माओवादी द्वन्द्वको च्यापामा कसरी जनता र प्रशासकहरुले जिउनु परेको थियो, त्यसलाई यथार्थरुपमा आफ्नो पुस्तकमा उल्लेख गरेको चर्चा गर्नु भएको थियो । उहाँले बालबालिकाहरुको लागि अर्को कविता संग्रह जून मामामा ७५ वटा बाल कविता संग्रह गरि बालबालिकाहरु कसरी सत्य बाटोमा र  सन्तोषी बनि हिँड्रनु पर्छ र सत्कर्ममा लाग्नु पर्छ भन्ने कविता संग्रह प्रकाशमा ल्याएको समेत चर्चा गर्नु भएको थियो ।
सोही अवसरमा लोकगायक मच्छेश्वर सापकोटा र उहाँकी धर्मपत्नी सरस्वती सापकोटाले मायाप्रितीको पानी घुटुक्कै बोलको युगलगीत प्रस्तुत गर्नु भएको थियो । यस्तै दिलीप श्रेष्ठले मुक्तक वाचन गरि हललाई उत्साहीत बनाउनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथी प्रा डा विणा पौड्याल र संगितकार बुलु मुकारुङले शब्दयात्राका बारेमा आफ्नो विचार व्यक्त गर्नु भएको थियो । कार्यक्रमको सभापतित्व शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले गर्नु भएको थियो भने कार्यक्रमको संचालन शिवप्रसाद बन्जाराले गर्नु भएको थियो ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *