पनौती ÷ एक वेहुलीले आफनो विवाहको उपहार (गोडधुवा) मध्येको नगद विद्यालयलाई सहयोग गरेकी छिन् । पनौती ८ मल्पीको जानुका बञ्जाराले
बरावरको रकम स्थानीय भालेश्वर उच्च माविलाई हस्तान्तारण गरेकी हुन् । जानुका उक्त विद्यालयकी पुर्वविद्यार्थीसमेत हुन् । उनले माध्यमिक तहको शिक्षा त्यस विद्यालयबाट पुरा गरेकी थिइन् ।
आफु अध्ययन गरेको विद्यालयलाई सहयोग गर्न पाएकोमा खुशी लागेको जानुकाले बताइन् । “आफु पढेको विद्यालयलाई थोरै भएपनि सहयोग गर्न पाएकोमा खुशी छु । ” उनले भनिन् ।
बञ्जाराको धुलिखेल ७ भ्याण्डोल निवासी मणि थापासँग विवाह भएको हो । मणिका बाबु पृथ्वी उक्त विद्यालयका पुर्व शिक्षक समेत हुन् । जानुकाका बाबु विश्वेश्वर हाल विद्यालयको सञ्चालक समिति सदस्य हुन् । पृथ्वी विश्वेश्वरका स्कुले गुरु समेत हुन् । उनीहरु राजनैतिक सहयात्री समेत हुन् । दुवै तत्कालिन नेकपा माओवादीमा सँगै काम गरेका थिए । थापा अहिले एकिकृत नेकपा माओवादीको धुलिखेल नगर कमिटीका अध्यक्ष हुन् भने वञ्जारा मातृका यादव नेतृत्वको नेकपा माओवादीमा सकृय छन् ।
सहयोग रकम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र केसीलाई हस्तान्तरण गरियो । अध्यक्ष केसीले विद्यालयलाई सहयोग गरेकोमा आभार प्रकट गरे ।