
काभ्रे । हजुरलाई नमस्ते परोपकारी संस्थामार्फत भुम्लु गाँउपालिकाका एक हजार सात सय दश बिद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । उक्त संस्थाले १७ वटा सामुदायिक विद्यालयका सत्र सय १० बिद्यार्थीलाई स्वीटर र ज्याकेट वितरण गरेको हो ।
नमस्ते परोपकारी संस्थाका संयोजक ताराबहादुर कुँवरले पहिलो चरणमा १४ विद्यालय र दोस्रो चरणमा तीन विद्यालयमा स्वीटर र ज्याकेट वितरण गरेको जानकारी दिनुभयो । माघ महिना अगाडि नै १४ विद्यालयका एक हजार ७० बिद्यार्थीलाई न्यानो कपडाका वितरण गरेको उक्त संस्थाले कोरोनाका कारण वितरण गर्न नसकेका तीन विद्यालयका ६४० बिद्यार्थीलाई बुधबार वितरण गरिएको थियो ।
भुम्लु गाउँपालिका–६ कोलातीमा रहेको जनता मावि, तीन सय बिद्यार्थी, भुम्लु गाउँपालिका–२ मा सिम्थलीमा रहेको अरुणोदय माविका २४९ बिद्यार्थी र सोही वडाको कामीडाँडामा रहेको सेतीदेवी आधारभुत विद्यालयका ९१ बिद्यार्थीलाई स्वीटर र पाउडर वितरण गरिएको कुँवरले जानकारी दिनुभयो ।
भुम्लु गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवरले आर्थिक अवस्थामा कमजोर रहेका बिद्यार्थीलाई न्यानो कपडा वितरण गरेकोमा संस्थालाई धन्यवाद दिनुभयो । पालिकाले मात्र सबै क्षेत्रमा काम गर्न सक्दैन, त्यसैले सबै संघसंस्थासँग मिलेर काम गर्दै आएका छौँ, उहाँले गाउँपालिकाले बालकक्षा देखी तीन कक्षा सम्मका बिद्यार्थीलाई सिसाकलम, कपी निःशुल्क दिदैँ आएको जानकारी दिनुभयो ।
जनता माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकुमार लामा (क्रान्ती) ले आर्थिक अभाव कै कारण एउटै डे«स लगाउन समेत धौ धौ परेको अवस्थामा संस्थाले सहयोग गरेकोमा धन्यवाद दिनुभयो । न्यानो कपडा पाएपछि बिद्यार्थी खुशी भएका छन । हजुरलाई नमस्ते परोपकारी संस्थाले भुम्लु गाउँपालिकाका विभिन्न वडा वडा मै स्वास्थ्य शिविर लगायत कार्यक्रम गर्दै आएको छ ।