लोकतन्त्रलाई कमजोर पार्न खोज्ने शक्तिहरु कमजोर हुँदै गएका छन् ः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई कमजोर पार्न खोज्ने शक्तिहरु कमजोर हुदै गएको बताएका छन् ।
शनिबार पुनर्निर्मित ऐतिहासिक धरहराको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई कमजोर बनाउन प्रयास गर्ने सबै शक्तिहरु कमजोर हँुदै गएको बताएका हुन् । नयाँ शासकिय व्यवस्थासँगै लोकतन्त्र सुदृढ हँुदै गएको र लोकतन्त्रलाई कमजोर पार्न खोज्ने दक्षिणपन्थी प्रतिक्रियावादी शक्तिहरु कमजोर हुँदै बताए ।
उनले भने,“लोकतन्त्र सुदृढ हुँदै गएको छ । लोकतन्त्रलाई कमजोर पार्न खोज्ने दक्षिणपन्थी प्रतिक्रियावादी शक्तिहरु कमजोर हुँदै गएका छन् । र विभिन्न प्रकारले देश, जनता, विकास, समृद्धि र जनताको सुखसँग मतलब नभएका स्वार्थमा तल्लिन तत्वहरु छटपटाईरहेका छन् ।”
धरहरा निर्माण हुनु सबै नेपालीका लागि खुसीको क्षण भएको भन्दै उनले आ आफ्ना घरमा साँझ दीपावली गर्न सबैलाई आव्हान गरे । पुनर्निर्माणका काममा कोभिडले केही असर गरेपनि आवश्यक सर्तकता अपनाउदै सरकारले विकास निर्माणका कामलाई निरन्तरता दिएको र निरन्तर प्रयासले नै धरहराको पुनर्निर्माण सम्पन्न भएको तर्क उनले गरे ।
उनले महाभूकम्पको समयमा धरहरा भत्किएर जीवन गुमाएका सदस्यको परिवारलाई धरहराको संरचनाभित्र काम गर्न पाउने गरि प्रतिपरिवार एक जनाका दरले रोजगारी उपलब्ध गराउन पनि आग्रह गरे

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *