लैङ्गिक हिंसाविरुद्धको दिवस मनाइरहेकै बेला महिला हिंसा बढ्यो

काठमाडौं । नोभेम्बर २५ तारिखलाई महिलामाथि हुने हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाइँदै आइएको छ । यसै अन्तर्गत २२ औं लैंगिक विभेदमा आधारित हिंसाविरुद्धको १६ दिने अभियान अहिले संसारभर जारी छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान संचालन भइरहँदा महिला हिंसाका घटनाहरु भने झनै बढ्दै जानु डरलाग्दो अवस्था हो । 
महिलामाथि हुने हिंसाविरुद्धको १६ दिने अभियान मंसिर १० गतेबाट शुरु भयो । ‘समाजको पहिचान ः लैङ्गिक हिंसा विरुद्धको अभियान’ भन्ने नाराका साथ लैंगिक हिंसाविरूद्धको १६ दिने अभियान शुुरू भएको पहिलो दिन नै सप्तरीमा दुई जना महिलाको हत्या भयो ।  बोदेबर्साइ नगरपालिका बनौला घर भई राजविराज नगरपालिका–१ बस्दै आएकी ३५ वर्षीया गीतादेवी रजक २० वर्षीया मञ्जुला सदा मृत अवस्थामा भेटिएकी थिइन् । मंसिर ११ गते अभियान दोश्रो दिनमा प्रहरी हवल्दार भरतराम कोलीद्धारा बैतडी पञ्चेश्वकी माया लुहारको हत्या भयो ।  त्यस्तै अभियान शुरु भएको ३ दिनपछि मंसिर १३ गते धनकुटा घर भएकी धरान १३ मा डेरा गरी बस्ने ४२ वर्षकी उषा राईलाई धरानको आमा समूहले कुटपिट गरि घाइते बनाएको र विपि अस्पतालमा उपचारको क्रममा मृत्यु भयो । 
त्यसैगरी सुर्खेत पञ्चपुरी नगरपालिका–३ सुर्खेतका अमरबहादुर आलेमगरले श्रीमतीको टाउको काटेर प्लास्टिकको झोलामा बोकेर भाग्दै गरेको अवस्थामा भेटिएको थियो । मंसिर १८ गते विवाहको कुरा नमिल्दा २७ वर्षीया पुष्पा न्यौपानेले आत्मदाह गर्नुभयो । दुवै परिवारको अनुमतिमा धुम्बाराहीका सुधन संग्रौलासँग इन्गेजमेन्ट गरेपनि पछि विवाह नगर्ने भन्दै केटा पक्षले सम्झौता तोडेपछि न्यौपानेले गत आइतबार साँझ सुधनकै घरको ढोकाअगाडि आत्मदाह गर्नुभयो । यसले पनि महिलामाथि नरोकिएको हिंसाको चरम रूपलाई उजागर गरेको छ । महिला अधिकारकर्मीहरु भने महिलाले महिलालाई नै हत्या गर्नु नराम्रो विषय भएको स्विकार्छन् । 
यता महिला हिंसाविरुद्धको १६ दिने अभियान चलाउँदै आएका महिलाहरु भने यस  अभियानलाई प्रभावकारी बनाउनु भन्दा पनि, अभियान जसरी भए पनि चलाउनुपर्ने बाध्यता भएको बताउँछन् । जोन्टा इन्टरनेशनलले सेवा र वकालतमार्फत विश्वव्यापी महिलाहरूलाई सशक्तिकरण गर्ने अग्रणी विश्वव्यापी संगठन हो । जोन्टा क्लब अफ काठमाडौं २०१२ मा स्थापना भएको थियो ।  महिलामाथि हुने हिंसा रोक्नु भन्दा पनि संस्था जोगाउने बाध्यता अभियानकर्मीहरुमा रहेको स्विकार गर्छन् ।  
महिलाको हितका लागि खोलिएको महिला आयोगका कर्मचारीहरुलाई नै कतिपय हिंसाका घटना पत्तो नभएको बताउँछन् । 
नेपाल प्रहरीको तथ्यांकअनुसार महिला हिंसा घट्नुको सट्टा बढिरहेको छ । महिला हिंसाका घटना ०७६÷७७ मा ११ हजार ७ सय ३८ थियो । २०७७÷७८ मा १४ हजार २ सय ३२ पुग्यो । २०७८÷७९ कात्तिकसम्ममा ७ हजार ८७ पुगेको छ । तथ्यांक हेर्दा महिला हिंसाका घटना देशभर बढेको देखिन्छ । 
महिला हिंसाको जति नै अभियान चलाएपनि महिलामाथि हुने विभेद घटेको छैन । अझ डरलाग्दो पक्ष त पीडितहरू न्यायको पहुँचसम्म पुग्नै सक्दैनन् । अधिकांश घटना मिलापत्रका नाममा गाउँमै मेलमिलाप गरिन्छन्, प्रहरी हुँदै अदालतसम्म पुगेका घटनामा पनि पीडितले न्याय पाएका उदाहरण थोरै छन् । अभियान चलाइरहेकाहरुले वास्तविक पीडितलाई न्याय दिन सक्नुपर्ने देखिन्छ ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *