काभ्रे । लीला मध्यमार्ग अक्षय कोषले बहिरा विद्यार्थीका लागि स्थापना गरिएको बनेपा नगरपालिका वडा नम्बर ९ मा रहेको काभ्रे बहिरा विद्यालयलाई हस्तान्तरण गरेको छ ।
कोषमा रहेको ब्याजबाट संयोजक प्रदीप केसीले विद्यार्थीका लागि स्टेशनरी सामाग्री उपलब्ध गराउनु भएको हो । अष्टे«लियामा बस्ने सानो भानिज निरोज थापाले प्रदान गर्नुभएको अक्षयकोषको रकमको ब्याजबाट स्टेशनरी सामग्रीहरु वितरण गरिएको संयोजक केसीले बताउनुभयो ।
सोमबार वडा अध्यक्ष नृपेश बादे, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष मोतिराम तिमल्सिना, लीला मध्यमार्ग अक्षयकोषका संयोजक प्रदीप केसी, समाजसेवी हरि थापा र प्रह्लाद बस्नेत लगायतले विद्यालयले साङ्केतिक भाषाबाट बालबालिकाहरुलाई दिएको शिक्षालाई गुणस्तरीय बनाउन सक्दो सहयोग पुर्याउने बताउनुभयो । कापी, सिसाकलम, कलम र अन्य थप सामाग्री विद्यालय बाल क्लवकी अध्यक्ष दिलमाया पुलामी मगर, विद्यालय प्रधानाध्यापक कृष्णप्यारी नकर्मी लगायतलाई केसीले हस्तान्तरण गराए । सोही अवसरमा विद्यालयलाई विद्यालय पोसाक ज्भािष् बाट र बमकयलरतचषअ बाट ट्रयाक सुट उपलब्ध डे«सहरु वडा अध्यक्ष नृपेश बादे लगायतले बालबालिकाहरुलाई हस्तान्तरण गर्नुभएको थियो ।
बहिरा विद्यार्थीका लागि स्थापना गरिएको बनेपा नगरपालिका वडा नम्बर ९ मा रहेको काभ्रे बहिरा विद्यालयमा एउटा कोठामा तीनवटा कक्षा सञ्चालन गरिएको छ भने अर्को एउटा कोठामा दुई वटा कक्षा सञ्चालन भएका छन् । पर्दाले ढाकेर तीनवटा कक्षा सञ्चालन भइरहेका छन् । एउटा कोठामा दुई वटा कक्षाका विद्यार्थी दुई तिर फर्केर पढिरहेका छन् ।
भवन तथा कक्षा कोठा अभावका कारण विद्यालयले थोरै कोठाबाट धेरै कक्षा सञ्चालन गर्नु परेको प्रधानाध्यापक कृष्णप्यारी नकर्मीले बताउनुभयो । ‘विद्यालयको एउटा भवनमा छात्राबास पनि सञ्चालन गरिएको छ’–प्रधानाध्यापक नकर्मीले भन्नुभयो–‘उमेर ठुला भएका छात्राहरुलाई अलग्गै राखिएको छ । सानासाना विद्यार्थीहरुलाई छात्र र छात्रा अलग अलग गरी ४० जना राखिएको छ ।’
छात्राबास र विद्यालय भवन सञ्चालनका लागि पूर्वाधार अभावमा विद्यार्थीहरुलाई सकस भइरहेको छ । पूर्वाधार मात्रै नभई विद्यालयमा दरबन्दी पनि छैन । तीन जना स्थायी दरबन्दी, १ जना राहात, ३ जना अनुदान र ५ जना निजी श्रोतबाट कार्यरत शिक्षकहरुले कक्षा १० सम्म पढाइरहनु भएको छ । कक्षा १, ३ र ७ वटै कोठामा सञ्चालन छ भने कक्षा ४ र ६ एउटा कोठामा सञ्चालन भएको र सो विद्यालयमा ८५ जना विद्यार्थी अध्ययनरत छन् ।
‘काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली तथा अन्य विकट जिल्लाका बालबालिकाहरु विद्यालयमा भर्ना भएका छन्’–प्रधानाध्यापक नकर्मीले भन्नुभयो–‘विद्यालय नजाने उमेरका व्यक्तिलाई सिप पनि उपलब्ध गराई भाइ बहिनी विद्यालयमा भर्ना गरेर दिदीहरु सिलाई सिकिरहेका छन् । विद्यार्थीहरु पनि भविष्यमा बेरोजगार बस्नु नपरोस् भन्ने उद्देश्यले सिप सिकाउन थालिएको हो ।
२०५२ सालमा साङ्केतिक भाषाको रुपमा विद्यालय सञ्चालन गर्न सुरु गरिएको भए पनि विद्यालयले लामो समयसम्म माध्यमिक तहको अनुमति नपाउँदा २०६५ सालबाट एसएलसी दिन थालेका विद्यार्थीहरुको संख्या ५० कटेको छ । आजाद माध्यमिक विद्यालय, एविएम, प्राईभेट, खुल्ला विद्यालय हुँदै आफ्नै विद्यालयबाट २०७८ साल देखि विद्यार्थीहरुले एसईई दिन थालेका छन् ।