
शम्भुप्रसाद न्यौपाने
डिल्लिबजार काठमाण्डौ चारखाल
आफ्ना लागि त सबैले गर्लान प्रगती
केहि न केही त गर्नै छ भन्लान ओखती
आदर्श पुरुष आकर्षण भयौ की कता
लेखक पनि हुने यता उतै बेपत्ता लापता
प्रशंसा हुन्न बिचार मथन मन्थन असाध्य
कम्जोरी बिर्सन्छ यमुना जि हुन्छ साध्य
एकतर्फी निन्दा दगुरिदिन्छ अमानता
लक्ष पैल्याउ भन्दछ काव्य उतार्ने सभ्यता ।
कृपा हुन्छ कर्मको फल सप्नामा सजाउने
अनुशासन मञ्जुर छ समाज सुध्याउने
गंगा बहेर ब्यस्त जलको गरिन प्रवाह
पुरानो कालो छ नयाँ उज्यालो वाह–वाह ।
बदमासले त बिगार्ने ब्यास हुन्नन् बथानमा
भेला औसत स्वार्थ बिचल्लि बने आस्थामा
मुस्कुराउने अदृष्य शक्ति मुलधारमा ल्याउनु
नया जमाना भित्रीयोकी यतै अबस्य उभ्याउनु ।
अर्जुन माहाभारत माहात्मा बिदुर नरिसाउने
कचिङ्गल गर्दछ शकुनि बेहालत ऊ दर्साउने
कृषि क्रान्ति मुल प्रबाहमा जमर्को विभेद छ
मुख्य बजार छैन रोजगार बिदेश ब्यर्थ धाउछ ।।