रोशीमा स्थानीय विषय

काभ्रे । रोशी गाउँपालिकाले स्थानीय बिषयको पाठ्यक्रम लागू गरेको छ । काभ्रेमै पहिलो स्थानीय बिषय पाठ्यक्रम लागू गर्ने रोशी गाउँपालिका भएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङले कक्षा १ देखी ३ सम्मको पाठ्यक्रम यसै शैक्षिक सत्रबाट लागू हुने जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय बिषयको बिद्यार्थीलाई ज्ञान दिने उद्धेश्यले ‘मेरो रोशी’ र ‘हाम्रो रोशी’ नामक पाठ्यपुस्तक तयार भएको छ । कक्षा १ देखी ५ सम्म ‘मेरो रोशी’ र कक्षा ६ देखी ८ सम्म ‘हाम्रो रोशी’ पाठ्यपुस्तक तयार भएको तामाङले जानकारी दिनुभयो । गाउँपालिकाले क्रमिक रुपमा कक्षा ४–५ र ६–८ कक्षाको पाठ्यक्रम लागू गर्दै जाने नीति लिएको छ । कक्षा १–३ को पाठ्यपुस्तक तयार भैसकेको छ भने अन्य छपाईको क्रममा रहेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको ६६ औँ कार्यपालिका बैठकले गाउँपालिकाको स्थानीय पाठ्यक्रम वमोजिम तयार गरिएको कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्य सामाग्री स्वीकृत गरी कार्यान्वयनका लागि वेवसाइटमा प्रकाशन गर्ने निर्णय गरेको छ ।
राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ अनुसार प्रत्येक विद्यालयको आधारभूत तहमा १०० पूर्णंक र ५ पाठ्यभार बराबरको स्थानीय विषयको पठनपाठन गर्नुपर्ने उल्लेख छ । तर हाल सम्म स्थानीय विषयको ठाउँमा विद्यालयहरुले ऐच्छीक अंग्रेजी, मातृभाषा वा पेशा व्यवशाय जस्ता विषयको पठनपाठन गराउँदै आएका छन ।
गाउँपालिकाले बनाएको स्थानीय पाठ्यक्रम विकास समितिले स्थानीय विषयवस्तुहरु, कला संस्कृति, इतिहास, पर्यटकीय क्षेत्र, सामाजिक, भौगोलिक, आर्थिक, व्यावसायिक, स्थानीय प्रविधि समेटिएको आधारभुत तह कक्षा १–८ को स्थानीय पाठ्यक्रम तयार गरेको जनाएको छ ।
नेपालको संविधान २०७२ को अनुसूचि ८ ले आधारभूत तथा माध्यमिक शिक्षा स्थानीय तहको एकल अधिकारको सुचिमा समावेश गरेको छ तर सङघीय शिक्षा ऐन जारी नभएको कारण उक्त अधिकारको कार्यान्वयनमा स्थानीय तहहरु अलमलमा परेको जनाएका छन । नेपाल सरकार, कार्यविस्तृतिकरण २०७४ को अनुसूचि ९ मा स्थानीय शैक्षिक ज्ञान, सिप र प्रविधि संरक्षण, प्रवर्धन र स्तरीकरण गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएको छ ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *