काभ्रे । काठमाडौँ मेडिकल कलेज (केएमसी)ले काभ्रेको रोशी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
ग्रीस नेपाल र रोशी गाउँपालिकाको संयुक्त आयोजनामा गाउँपालिकाको भवनमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । शिविरबाट ७७२ बिरामीले सेवा लिएका थिए । जसमा १६२ जनाले यूएसजी, १३७ जनाले ल्याब तथा ८३ जनाले ईसीजी गरेका थिए । साथै २८ जनाको दाँत झिकिएको थियो भने ३९ जनालाई ओटी रेफर गरिएको केएमसीका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।
यसअघि केएमसीले भक्तपुरको सूर्यविनायकमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । शिविरमा ६११ बिरामीले लाभ लिएका थिए । नेपाली कांग्रेसका नेता एवं सांसद डा. सुनिल शर्मा नेतृत्वको केएमसीले नागरिकलाई सहुलियतमा सेवा दिइरहेको छ । केएमसी हालै सामाजिक सुरक्षा कोषमा उत्कृष्ट हुँदै सरकारबाट सम्मानित भएको थियो ।