रैथाने खाना महोत्सव हुने

बनेपा । काभ्रे जिल्लाको बनेपामा रैथाने खाना महोत्सव हुने भएको छ । माई चण्डेश्वरी जात्राको अवसरमा जेठ १०, ११ र १२ गते महोत्सव हुने भएको हो । काभ्रे होटेल तथा रेस्टुरेन्ट तथा व्यवसायी संघ र काभ्रे पार्टी प्यालेस तथा क्याटरिङ संघको संयुक्त आयोजनामा महोत्सव हुन लागेको हो ।
महोत्सवका संयोजक एवं काभ्रे होटेल तथा रेस्टुरेन्ट व्यवसायी संघका अध्यक्ष श्यामकुमार श्रेष्ठले सांस्कृतिक सदभाव र एकताको भावना जागृत गराउने, रैथाने खानाको परिचय तथा प्रवद्र्धनका लागि महोत्सवको आयोजना गर्न लागेको बताए । महोत्सव फाइदाका लागि भन्दा पनि रैथाने खाना प्रवद्र्धनका लागि आयोजना गरेको उनले जानकारी दिए ।
करिब १५ वटा स्टलमा विभिन्न नेवारी रैथाने परिकार हुने उनको भनाइ छ । काभ्रे पार्टी प्यालेस तथा क्याटरिङ संघका अध्यक्ष शिव तिमल्सिनाले बनेपाको पहिचान झल्काउने परिकारको प्रवद्र्धनको लागि महोत्सवको आयोजना गर्न लागिएको बताए ।
होटेल तथा रेस्टुरेन्ट व्यवसायी संघका केन्द्रीय कोषाध्यक्ष कृष्ण श्रेष्ठका अनुसार उक्त महोत्सवका लागि करिब चार लाख बजेट आवश्यक पर्नेछ । प्रतिस्टल १० हजारका दरले शुल्क उठाएर उक्त लागत परिपूर्ति गर्ने योजना रहेको उनले बताए । तीन दिनसम्म चल्ने महोत्सवमा २५ देखि ४० वटा स्टल हुने अनुमान गरिएको छ ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *