राष्ट्रिय सम्पदा शब्दयात्रा

गत साता शब्दयात्रा प्रकाशनले बनेपामा सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण कार्यक्रम सम्पन्न ग¥यो । मन्त्रिपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधान न्यायाधीश श्री खिलराज रेग्मीले त्यस कार्यक्रममा प्रमुख अतिथिका रूपमा नौजनालाई सम्मान गर्नुभयो भने एउटा पुस्तकलाई सार्वजनिक गर्नुभयो । शब्दयात्रा प्रकाशनले आउने साता बनेपामै यस्तै अर्को कार्यक्रमको पनि आयोजना गर्दैछ । त्यस कार्यक्रममा पनि नौजना वरिष्ठ व्यक्तित्वलाई सम्मान गरिँदैछ र एउटा प्ुस्तकलाई सार्वजनिक गरिँदैछ । त्यस कार्यक्रममा नेपालका प्रसिद्ध विद्वान् तथा सवा सयभन्दा बढी पुस्तकका लेखक डा. शास्त्रदत्त पन्त प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुनेछ । 
जनस्तरबाट शब्दसारथि उपाधि पाएका अक्षरसेवी हरि मञ्जुश्रीको परिकल्पना र नेतृत्वमा १० वर्षअघि स्थापित शब्दयात्रा प्रकाशन काभ्रेपलान्चोक जिल्लाको गौरवका रूपमा राष्ट्रमा स्थापित भइसकेको छ । औसतमा हरेक वर्ष १५ भन्दा बढी पुस्तक प्रकाशन गर्ने संस्था नेपालमा शब्दयात्रा प्रकाशनबाहेक अरू छैनन् नै भने हुन्छ । राष्ट्रका पाँच विधाका पाँचजना शीर्ष व्यक्तिको सालिक एकै ठाउँमा राख्ने संस्था पनि शब्दयात्रा प्रकाशनबाहेक अर्को छैन । हरेक वर्ष २ दर्जनजति सङ्ख्यामा सम्मान र पुरस्कार समर्पण गर्ने साहित्यिक संस्था पनि थोरै छन् । शब्दयात्रा प्रकाशन तीमध्येको एउटा हो । विपत्तिमा परेका लेखक, पत्रकार र कलाकारलाई संस्थागत रूपमा आर्थिक सहयोग गर्न छुट्टै कोष खडा गर्ने संस्था पनि शब्दयात्रा प्रकाशन नै हो । यसबाहेक यस संस्थाले १० हजारभन्दा बढी पुस्तक भएको सार्वजनिक पुस्तकालय खडा गरेको छ भने सरस्वतीको मन्दिर पनि बनाएको छ । हरेक वर्ष २ जनाले यस संस्थाबाट छात्रवृत्ति पाएर पढ्ने गरेका छन् । नेपाली पुस्तकलाई विद्युतीय माध्यमबाट संसारभरि पु¥याउने काम पनि यस संस्थाले गरिरहेको छ ।  
शब्दयात्रा प्रकाशनको स्वामित्वमा बनेपामा आफ्नै जमिन छ । यो संस्था त्यही जमिनमा अनुसन्धान केन्द्रको भवन बनाउन तम्सिएको छ । यो आर्थिक वर्षभित्रमा भवन पनि तयार हुने सम्भावना देखिएको छ । त्यति हुन सक्यो भने राष्ट्रलाई बहुआयामिक अनुसन्धान प्रतिष्ठान उपहार दिने शब्दयात्रा प्रकाशनको लक्ष्य छिटै पूर्ति हुन सक्ने देखिन्छ । जनस्तरको आर्थिक सहयोगबाट मात्रै एउटा संस्थाले १० वर्षभित्र यति काम गर्न सकेको पाउँदा हरेक काभ्रेलीको छाती गर्वले चौडा भएको छ । हामी पनि यस्ता काम गर्न सक्छौँ भनेर यस जिल्लाले उदाहरण देखाउन पाएको छ । 
काभ्रेपलान्चोक जिल्लाको साहित्यिक सम्पदाका रूपमा हामी शब्दयात्रा प्रकाशनलाई अझै उठाउने काम गरौँ । आफूसँग भएको राष्ट्रिय सम्पदाप्रति गौरव गरौँ ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *