राजमार्गमा तौल पुल शुभारम्भ

काभ्रे । पनौती नगरपालिका, पाँचखाल नगरपालिका र नमोबुद्ध नगरपालिकामा ‘तौल पुल’ स्थापना गरिएको छ । बीपी राजमार्गको भकुन्डेवेशी, अरनिको राजमार्गको केराघारी र पनौती सडकको नैकिनटारमा जिल्लामा नै पहिलोपटक तौलपुल स्थापना गरिएको हो ।
शुक्रबार एक कार्यक्रमका बीच पनौती नगरपालिका स्थित नैकिनटार र पाँचखाल नगरपालिका स्थित केराघारीमा ग्लोबल मेसिनरी एन्ड टेक्नोलोजी सर्भिसेज प्रा.लि र नमोबुद्ध नगरपालिका स्थित भकुण्डेमा कोट कालिका मेसिनरी एन्ड टेक्नोलोजी सर्भिसेज प्रा.लिद्वारा सञ्चालनमा ल्याइएको थियो ।
जिल्लाको पनौती नगरपालिका वडा नं ५ स्थित नैकिनटारमा स्थापना गरिएको ‘तौल पुल’ को पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेले उद्घाटन गर्नुभएको थियो । उहाँले ‘मालवाहक साधनले क्षमताभन्दा बढी भार बोक्दा सडक जीर्ण भएको हुनको साथै दुर्घटना भइरहेको बताउनुहुँदै तौलपुल सञ्चालनमा ल्याएपछि दुर्घटना न्यूनिकरण हुने विश्वास लिएका छौँ, भन्नुभयो ।’
त्यस्तै जिल्ला स्थित अरनिको राजमार्गको केराघारीमा पनि स्थापना गरिएको ‘तौल पुल’को ‘तौल पुल’ को उदघाटन पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले गर्नुभएको थियो । नमोबुद्ध स्थित भकुण्डेमा सञ्चालनमा ल्याएको ‘तौल पुल’को उद्घाटन नगरप्रमुख टि.पी शर्मा तिमल्सिनाले गर्नुभएको थियो ।
मालवाहक सवारी साधनको भारवहन नियमनसम्बन्धी निर्देशिका २०७४ (संशोधित) को व्यवस्थाअनुसार अनिवार्य रूपमा मालवाहक सवारीसाधनको भार मापन गर्नुपर्ने प्रावधान अनुसार विभागको अनुमतिमा तौलपुल सञ्चालनमा ल्याइएको जनाइएको छ ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *