– टंकप्रसाद तिमल्सिना
काभ्रेपलाञ्चोक
आज उनलाई सम्झँदैछु
सम्झन मन लागेर सम्झने मान्छे उनी
सम्झन मन नलागे पनि सम्झनैपर्ने मान्छे उनी
उनी आए, दिए र गए
जानेहरू सबै आउँदैनन् सम्झनामा
उनी आइरहन्छन्
त्यसैले म उनलाई सम्झँदैछु ।
धेरैजना आए÷ धेरैजना गए
कुनै दिन पुष्पलाल ÷ बिपि आए, दिएर गए
कुनै दिन मनमोहन ÷ गणेश मान आए दिएर गए
कुनै दिन मदन ÷ आश्रित आए, दिएर गए
थोरै मान्छेले दिएर गए
धेरै मान्छेले लिएर गए
दिएर जानेहरू यहीँ छन्, हाम्रा मनमुटुमा छन्
उनीहरू सम्झनामा आइरहन्छन् सबैको
लिएर जानेहरू थाहा छैन कहाँ छन्
कसैले खोजी गर्दैन तिनीहरूको
दिनेहरूको छोटो लहरमा
उनी पनि छन् र आइरहन्छन्
त्यसैले म उनलाई सम्झँदैछु ।
हामीलाई कसैले विचार दिए
हामीलाई कसैले सङ्गठन दिए
हामीलाई कसैले कार्यक्रम दिए
तिमीले विचार पनि दियौ
तिमीले सङ्गठन पनि दियौ
तिमीले कार्यक्रम पनि दियौ
त्यसैले त तिमी अरूभन्दा विशेष बन्यौ
विशेष भएकैले कहिल्यै शेष हुँदैनौ
दिनहरू बितिरहन्छन्
आउनेहरू आइरहन्छन्
जानेहरू गइरहन्छन्
तर तिमी हरेक आउनेहरूको हृदयमा बस्छौ
अरू युगको पछि लाग्छन्
युगचाहिँ तिम्रो पछि लाग्छ
तिमी थोरैमध्येका एक
तिमी दिनेमध्येका एक
त्यो तिमी नै हो कमरेड मदन !
त्यसैले म तिमीलाई सम्झँदैछु ।