सौगात श्री अनुरागी च्याम्राङवेंशी–५ थलागाउँ, काभ्रे
म आधा मरेको मान्छे
आधा बेसहारा, मन्द कौतुहलता
अनि बोलेका शब्दका तरंग
मानौं,
चितामा सल्काइएको अग्नि
परानी भएर बाँचेको मान्छे
सबैले मेरा नयन र स्पन्दनमा
अश्लील स्वभाव देख्दछन्
तैपनि म मानवमा गणना छु ।
हत्या हिंसा लुटपातको
प्रहरीसेवक एक अनाथ म
जसले लड्का अनि नारीका अस्मितामा
एक एक अणुका मुल्य भेटिन्छ
जसका विलासिमा केही कंगाल बने
रंगमञ्चका दृश्य, विरत्त, शोभामा
मनै नारीका सम्पादक बने
जसले मेरा अनगिन्ती स्वप्नबाट
नारी नै पौरुषका टेलिपिन्टर बने ।
छ्या… कस्ता सपनामा बाँचे मानव
म को हुँ मलाई नै थाहा छैन
वैज्ञानिक युगको महाकवि हो कि ?
या कलियुगको राज्य चलायने नायक हुँ
धन्य प्रभुत्व
मलाई आविष्कार र निर्माता बनाइदियौ
तर विन्ती,
तिम्रै खेलौनामा कठपुतली अनि
टेलिस्कोप रंगिन पर्दा सिमित राखिदेउ
किनकी
पर्दामा त जमात नारीका कौतुहलता
पठारचित्रमा अहम सखा हुने अस्मिता
अणुचोलाका यन्त्र बोक्ने उन्मत हुन्छु
त्यसैले
दास–वास–गाँसको एक विचेन
उच्छृंखल एक मानव हुँ
विवशतामा हुने एक
राष्ट्र र नारीको एक अहममा
म एक दानव स्वरुप मानव हुँ ।