म्यादीमा माग भन्दा दोब्बर आवेदन

काभ्रे । सरकारले स्थानीय तहको निर्वाचनको लागि काभ्रेमा माग गरेको भन्दा दोब्बर बढि म्यादी प्रहरीको आवेदन परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
सरकारले स्थानीय तहको निर्वाचन २०७९ बैशाख ३० को लागि काभ्रेमा १४ सय ९५ जना म्यादी प्रहरी माग गरेको छ । जसका लागि काभ्रेमा तीन हजार १७३ को आवेदन परेको छ । ८ सय ३४ जना महिला र २३ सय ३९ जना पुरुषले म्यादी प्रहरीका लागि आवेदन दिएका छन ।
म्यादी प्रहरी भर्ना कार्यको अन्तिम दिन जिल्ला प्रहरी कार्यालय काभ्रेमा ३ सय ३८ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । म्यादी प्रहरी भर्नाका लागि काभ्रेमा पहिलो दिन ४ सय ५० जना, दोस्रो दिन ६ सय ९ जना, तेस्रो दिन ५ सय ८९ जना, चौँथो दिन ६ सय ५७ जना, पाचौँ दिन ५ सय ३० जना र छैठौँ अर्थात अन्तिम दिन ३ सय ३८ जना गरी ३१ सय ७३ जनाले आवेदन दिएका थिए ।
म्यादी प्रहरीको छनोट प्रक्रिया चैत १५ बाट सुरु हुनेछ । चैत २२ मा अन्तिम नतिजा प्रकाशन गरेर चैत २८ मा प्रशिक्षण सुरु हुनेछ । छनोट भएका म्यादी प्रहरीलाई ७ दिन तालिम दिएर खटाउने सरकारको तयारी छ ।
जिल्लामा १६९ मतदान केन्द्रका लागि म्यादी प्रहरी खटिने छन । ४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो ।
म्यादीका लागि ४० दिन कार्यविधि तोकेर प्रतिव्यक्ति पारिश्रमिक एकमुष्ट ३० हजार २४०, पोसाक बापत छ हजार, रासन बापत एकमुष्ट सात हजार दुई सय र एक पटकका लागि सवारी खर्चबापत प्रतिव्यक्ति एक हजारका दरले रकम विनियोजन हुने गरी म्यादीको सुविधा निर्धारण गरिएको छ ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *