शम्भु प्रसाद न्यौपाने
बनेपा–६, काभ्रेपलाञ्चोक
झर्दैनन् तारा बिहानि पख यहाँ मिर्मिरे नभए
बन्दैन देश दुई चार सपुत नेपालमा मरेर नगए
आकाश भरि उडेको बादल धरातल छोड्दैन
उम्रेर आउन धर्तिपुत्र देश बचाउ गराउने जो भए
बिश्राम छैन चौतारो चिन्न माथबरी जोगाउन
आश्रम छैन वृद्ध र वृद्धा सम्मानित गराउन
नरोउन आमा भक्तिको पुजा ढुङ्गाले नबुझ्दै
समानताको कदरपत्र सस्कारले बचाउन
कर्मेष्टि ऐले च्यादर ओढ्न आतुर देखिन्छन्
बिद्वानहरु घमण्ड बोकि पर्देश हानिन्छन्
यि थोत्रा बुढा गाउ घर कुर्ने खेत बारी बाँजिए
चुनौति थाम्दै घरबार धान्दै नीयति चुलिन्छन्
धुतेर खाने ति भ्रष्ट जति युरोपका दास भए
पौरख चैन बिबेकहिन नेताका सुबिधा धेर भए
माटोको माया बिश्लेषण गर्दै युवाले देश हाकुन
देश बाचे पुग्छ समृद्धि आउँछ ज्ञान बुद्धि पलाए ।