मुक्तक

– शम्भु प्रसाद न्यौपाने
बनेपा–६, काभ्रेपलाञ्चोक

पुँजि पुजामा चढाउदैनन् भेटि उत्र्यो उताजल प्रमाणमा
पस्किन्छन् नैबेद्यको चाङ लम्पसारबादीले प्रचारमा
हामि हौ स्वाभिमान खेप्ने हेपिन्नौ पराई धनको तुजुकले
आतित्थ्यता ग्रहण गर्नु औचित्य पुष्टि हुन्छ निखारमा ।

चलेको अधिबेशन अर्थ अनर्थ नलाग्नु चिन्ता छ जनार्दन
पस्कौला कबुलियत कुर्सी पेचिलो छ तर्क बितर्क समर्थन
बिस्वास बिबेक न्याय निष्कर्ष निष्ठा बेलाको पद्दति बनोस
अहंकार बुद्धको मर्म धर्म धान्य समिक्षा लक्ष्य साध्ने मन्थन ।

बिकसित बुद्धिको चाल माल खाने माला जप्छन् अचेल यता
नक्कल बिदेसीको स्वदेश त्याग बलिदानि प्रखर पञ्चशिलता
अनुभबि अनुत्पादक पत्थर देवतुल्य मुल्याङ्कन हुँदै गएहुने
देश बिगा¥यो घुसको कुम्लो कमिसन चक्कर चल्यो प्रताडिदा ।

कमेरो घर पोत्ने कै धनाढ्य शकुशल बेल्चा बिदेशमा चलाउने
निष्ठाको रोग पालेर आफ्नो देशमा बचाउ भद्रताले नगद पचाउने
पसिना खाडिमा बग्छ रेमिट्यान्स नीयतिको खेल ब्यस्तता बल
महगि बिलाशिता भद्र रुचाउन्नन् सामाजिक सद्भाव उत्तर पचाउने

प्रश्नै प्रश्नले खेति चलेकोछ जुहार भाट भरण पोषण प्रयोगमा
नाथको अनाथ भजदै भयभित भ्रमण सत्यमार्ग छलिकपटमा
अत्याचार रुचिकर हुदै दासत्व स्वीकार्य हुन्न कलियुग युगान्तर
मत्लबको स्वार्थ पुर्तिमा बद्नियत रणनीति अख्तियार समग्रमा ।

बुजुन बच्चा बयोबृध्द आमा बुबा दाजु भाई दिदि बहिनि सबै
जुटुन कर्मशील बन्दै बिचार पोख्न सक्ने अठोट जाहेर हुदैहुदै
निकाश बिकाश बिचौलियामा पुर्याउने तत्व बहिस्कार गर्नु पर्दछ
परजिबि शालिन बन्दैन, मित्रताको बन्धन कसिलो शुत्र बताउँदै ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *