धुलिखेल । जिल्लाका १३ वटा पालिकाले चैत्र मसान्तसम्म मालपोत राजस्वबाट २८ करोड ३७ लाख ९२ हजार ४ सय २६ रुपैयाँ प्राप्त गरेका छन् ।
सबैभन्दा धेरै बनेपा नगरपालिकाले प्राप्त गरेको छ । बनेपाले ९ महिनामा ९ करोड ५४ लाख १९ हजार ३ सय ५० रुपैया प्राप्त गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो धेरै कम हो । चालु वर्षको अन्त्यसम्मा बनेपाले करिव १५ करोड राजश्व प्राप्त गर्ने अनुमान गरिएको छ ।
बनेपापछि पाँचखालले ६ करोड ५२ लाख ९२ हजार राजश्व प्राप्त गरेको छ । धुलिखेलले ५ करोड ६२ लाख ११ हजार प्राप्त गर्दा मण्डनदेउपुर नगरपालिकाले १ करोड ८५ लाख, नमोबुद्धले १ करोड ८७ लाख र पनौतीले १ करोड ८६ लाख राजश्व प्राप्त गरेका छन् । खानीखोला गाउँपालिकाको ५ लाख ५३ हजार राजश्व प्राप्त हुँदा महाभारतले ५ लाख ९६ हजार प्राप्त गरेको छ । तेमालले १० लाख, रोशीमा ३७ लाख, भुम्लुले १२ लाख, चौरीदेउरालीले ११ लाख, बेथान्चोकले २५ लाख राजश्व प्राप्त गरेका छन् ।