मानसिक रोगप्रतिको दृष्टिकोण बदलौं, आत्महत्या रोक्न सकिन्छ

सन्दीप के.सी.

तथ्याङ्कलाई हेर्दा हाल नेपालमा दैनिक १९ जना मानिसको आत्महत्याबाट मृत्यु हुने गर्दछ जुन तथ्याङ्क अन्य सर्ने वा नसर्ने रोगबाट हुने मृत्यु भन्दा भन्दा अत्यधिक हो। दैनिक अस्पतालमा आत्महत्या गरेका मृतकको पोष्टमार्टम भैरहन्छ। के पोष्टमार्टम गर्नु नै समाधान हो त ? हैन भने के तरु के भो त पोष्टमार्टम गरेर र? मृत्युको कारण पत्ता लगाउने अनि सरकारी नेपाली कागजमा कारण “आत्महत्या” लेख्न मात्र पोष्टमार्टम जरुरी छ ? अलि फरक तरिकाले सोच्न सकिन्छ की ?
किन गर्छ मानिसले आत्म हत्या यो अत्यन्त गहन बिषय बनिसकेको छ । लौन सबै पुगेकै थियो उ त झुण्डिएर मरेछ, के बुद्धि बिग्रेको होला है? भन्दै अनि सामाजिक सन्जालमा छोटो शब्द आर आइ पि लेख्दै रअलि नजिकको छ भने वैकुण्ठमा बास होस् लेख्दै कुरा काट्न थाल्ने यो समाजले आत्म हत्याको बारेमा कहिले सोच्ने होला ? कसैले मानसिक समस्याको औषधी खाँदा लुकीलुकी खानुपर्ने परिस्थितिमा छ, हामी बाँचिरहेको समाज ! हामीले बनाएको समाज !! हो हामिले देख्ने र नेपाली कागजमा चिकित्सकले लेख्ने मृत्युको कारण आत्महत्या हो भने आत्महत्याको कारण के त ? आत्महत्याका अत्यन्त जटिल अनि अत्यन्त पीडा दायक विषय हो । नेपाली सिने जगतका चर्चित कलाकारहरुले गरेका आत्महत्याका मात्र कुरा हेर्ने हो भने पनि निर्देशक आलोक नेम्बाङ, अभिनेत्री श्रृषा कार्कीको आत्महत्याको रहस्य अ झै रहस्यकै विषय छ । नायिका जेसिका खड्काले आत्महत्याको बाटो रोजिन्। उनको आत्महत्याको रहस्य पनि खुल्न सकेको छैन । बलिउडकी चर्चित अभिनेत्री जिया खानले आत्महत्या गरिन् भने दिब्या भारती आफू बस्ने घरको झ्यालबाट हाम फालेको अवस्थामा मृत भेटिएकी थिइन् । हलिउडमा समेत यस्ता सेलिब्रेटीहरु थुप्रै छन् जसले चर्चाको शिखरमा रहँदा पनि आत्महत्या गरे । हलिउडमा कामुकताकी प्रतिमुर्ति मानिएकी मार्लिन मुनरोको आत्महत्या पनि रहस्यमय मानिन्छ । औषधीको ओभर डोजका कारण निधन भएका चर्चित पप गायक माइकल ज्याक्सनको निधनलाई पनि चिकित्सकहरुले आत्महत्या नै मानेका छन् ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *