मानव अधिकार शिक्षा कार्यक्रम

बनेपा । राष्टिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालयको आयोजनामा असार १ गते बनेपा नगरपालिका ७ स्थित बेलर एकेडेमीमा मानव अधिकार शिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।
आयोगको बागमती प्रदेश कार्यालयका सहसचिव यज्ञप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा बनेपा नगरपालिका वडा नं ७ का वडाध्यक्ष हिटलर शाक्य, गैसस महासंघ काभ्रेका अध्यक्ष टोमप्रसाद सापकोटा, बेलर एकेडेमिका प्रिन्सिपल इन्दु थापा, मानव अधिकार संगठन जिल्ला शाखा काभ्रेका अध्यक्ष राजु सिग्देल लगायतको सहभागिता रहेको थियो । 
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगको काम कर्तव्य र अधिकार, मानव अधिकारको विश्वव्यापी घोषणा पत्र १९४८, बालअधिकार महासन्धी १९८९, मानव अधिकारमुखी विकास पद्धती लगायतका विषयमा आयोगका सहसचिव यज्ञप्रसाद अधिकारीले प्रशिक्षण दिएका थिए । प्रशिक्षण कार्यक्रममा मानव अधिकारकर्मी निर्वाचित प्रतिनिधि, गैससकर्मी कक्षा १० का विद्यार्थी गरी ७० जनाको सहभागिता रहेको थियो ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *