मानव अधिकारको पनौती अधिवेशन

काभ्रे । नेपाल मानव अधिकार संगठन काभ्रे जिल्ला शाखा अन्तर्गत गठित पनौती नगर समितिको असार २३ गते नेपाल रेडक्रस पनौती उपशाखाको हलमा तेस्रो अधिवेशन सम्पन्न भएको छ ।
सभाको सभापतित्व संगठनका सभापति शम्भुलाल श्रेष्ठले गर्नुभएको थियो भने प्रमुख अतिथि पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारी, विशिष्ट अतिथि मानव अधिकार संगठन काभ्रेका अध्यक्ष राजु सिग्देल, पूर्व अध्यक्ष सुरेश सैंजू, समाजसेवी रेडक्रस पूर्वमन्त्री विश्वनाथ ताम्राकार, विजयराम कर्माचार्य लगायतको उपस्थिति रहेको थियो ।
सभालाई सम्बोधन गर्दै नगर प्रमुख भण्डारीले भन्नुभयो, पनौतीमा बग्ने त्रिवेणीगंगा झैं पनौती नगर भयो त्रिवेणी गंगाजल पनि धार्मिक परम्परानुसार मान्न सकिन्न वा किन त्यो जल प्रसादको रुपमा लिन सकिन्छ, न नुहाउन नै न पानीको रुपमा पिउन सकिन्छ ! यसरी नै पालिकाका बेथिति न अन्त्य गर्न सकिन्छ, न स्वीकार्न नै । यस्ता कार्यमा मानवअधिकारकर्मीको आवाजले संवद्र्धन गर्न सक्नुपर्छ भन्नुभयो । विशिष्ट अतिथि जिल्ला अध्यक्षले सबै पालिकाहरुको सक्रिय सहभागी र सबै पालिकाहरुमा नयाँ आयोगले ल्याएको कार्य प्रणाली अनुसार संगठनको सहभागितामा आफ्नो पहल रहने कुरा राख्नुभयो भने सभाको वार्षिक प्रतिवेदन आर्थिक प्रतिवेदन सर्वसम्मतबाट पास गरी नयाँ कार्यसमिति पनि सर्वसम्मतबाट छनौट गरियो ।
सभाले सभापतिमा सूर्य प्रसाद लाकोजू, उपसभापति अञ्जु रञ्जित केसी, सचिवमा हरिचन्द्र श्रेष्ठ, कोषाध्यक्षमा वैजन्ती बञ्जारा, सहसचिवमा अनिता कार्की थापा, सदस्यहरुमा रामकुमार बस्नेत, नविना रावल, रामेश्वर प्रधान, सुवर्ण माया प्रधान, विजय कर्माचार्य, मानकुमारी फुँयाल रहनुभएको छ ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *