मानवअधिकारकर्मी र जेष्ठ नागरिक सम्मानित

भकुण्डे । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नमोबुद्ध नगरपालिकाले नेतृत्वदायी भूमिकामा रहेका महिलालाई सम्मान गरेको छ ।
शुक्रबार भकुण्डेवेशीमा नगरपालिकाले काभ्रे जिल्लाका ११ सरकारी कार्यालयको नेतृत्व गरिरहेका महिला, मानवअधिकारकर्मी र जेष्ठ नागरिकलाई सम्मान गरेको हो ।
सो अवसरमा जिल्लाको प्रशासनिक नेतृत्व गर्ने प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक बसुन्धरा खड्का, स्वास्थ्य कार्यालय प्रमुख अनिता खनाल, पशु सेवा कार्यालय प्रमुख डा. श्रृृजा वाग्ले, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. वशंवदा कौडिन्यायनी सम्मानित भए । यस्तै शिक्षा विकास तथा समन्वय इकाई प्रमुख देवका ढकाल, खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय प्रमुख मनिषा चापागाई, स्वास्थ्य बीमा बोर्ड काभ्रेका संयोजक मुना निरौला, पनौती जलविद्युत्त केन्द्र प्रमुख सविना उप्रेती, गुठी संस्थान प्रमुख उर्मिला आचार्य, राष्ट्रिय बीमा कम्पनी लिमिटेड प्रमुख चण्डिका सापकोटालाई सम्मान पत्र प्रदान गरिएको छ । महिला जागरणको क्षेत्रमा भूमिका खेलेबापत मानवअधिकारकर्मी भोजराज तिमल्सिनालाई सम्मान गरिएको थियो । नगर क्षेत्रभित्रै जेष्ठ नागरिक १ सय ३ बर्षीय गेन्द्रप्रसाद कुइकेल र ९९ बर्षीय ठूलीमाया लामालाई नगरपालिकाले सम्मान गरेको छ । नगर प्रमुख कुनसाङ लामा, उपप्रमुख रत्नबहादुर लामा, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले उनीहरुलाई सम्मान गरेका थिए ।
नगर प्रमुख कुनसाङ लामाले नमोबुद्ध नगरपालिकाले महिला लक्षित विभिन्न योजना र कार्यक्रम सञ्चालन गरिरहेको भन्दै महिलाको नाममा उद्योग दर्ता गर्दा लाग्ने दस्तुर मिनाहा गरेको पनि बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले काभ्रे आएपछि सबैभन्दा धेरै महिला उपस्थित कार्यक्रममा सहभागी हुन पाएकोमा खुशी व्यक्त गर्दै महिलामाथि हुने हिंसा कम गर्न सबैले प्रतिबद्धता व्यक्त गर्नु पर्ने बताइन् ।
नगरपालिकाले हालसालै मानव बेचबिखन, लैंगिक हिंसा, बाल बिवाह लगायतका बिषयमा ११ वटै वडामा अभिमुखिकरणसमेत सञ्चालन गरेको थियो ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *