माधव नारायण र स्वस्थानी व्रतको प्रसंग

कोरोनाको तेस्रो लहरका बाबजुद पनि मकरमेला २०७८ भव्य रुपमा सम्पन्न भएको छ । कोभिडका कारण आधिकारिक कुनै पनि कार्यक्रम नगरी मेला मात्र भर्ने गरी नगरपालिकाले पत्राचार गरी सम्पूर्ण कार्यक्रम रोकी भक्तजनहरुलाई २५ जनाको समूह मेला भर्न आउन अनुरोध गरिएको थियो ।
सोही समयमा साँखुबाट पनौतीमा श्रीपञ्चमी अघिको तृतियाको साँझ साँखुबाट माधव नारायण आगमन भई त्रिवेणीमा पूजा सकिएपछि श्रीपञ्चमीको अघिल्लो दिन फर्किएका थिए ।
नेपालका अन्य पवित्र तीर्थस्थलहरूबाट पनि यहाँ आएर पर्वहरू मनाउने पुरानो चलन रहेको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म कठोर व्रत बसी विभिन्न तीर्थस्थलहरूको तीर्थातन गर्ने क्रममा यहाँ पनि ब्रतालुहरू आउने, श्रीस्वस्थानी माताको कथा श्रवण गर्ने प्रचलन रहेको छ । यसरी पनौतीमा साँखु र भक्तपुरबाट माधव नारायणको आगमन हुने गर्दछ । यसरी आगमन हुँदा माधव नारायणसँगै ब्रतालु महिला तथा पुरुषहरू पनि आउने गर्दछन् ।
माधव नारायणको यो आगमन भक्तपुर र साँखुबाट हुँदै आएका माधब नारायण टोली त्रिवेणी सत्तल, पुण्य मा.वि. मा बास बस्ने गर्दछन् । भक्तपुरबाट आएको माधव नारायणको टोलीले  नगरवासीलाई जानकारी दिने हेतुले आएकै दिनको साँझमा शङ्ख बजाउँदै नगर परिक्रमा गर्ने परम्परा रहेको छ । 
श्री स्वस्थानी माताको कथा श्रवण गर्ने काम हुन्छ । यस दिन माधव नारायणको पूजा गर्न स्थानीय सर्वसाधारणको घुइँचो लाग्दछ । माधव नारायणको दर्शन गर्न र ब्रतालुहरूलाई फलफूल, गेडागुडी, पैसा चढाउने गरिन्छ ।
यसरी एकचित्त भई महिना दिनसम्म श्रीस्वस्थानीको ब्रत बस्ने क्रममा पनौती त्रिवेणी धामलाई पवित्र तीर्थ मानेर श्रद्धापूर्वक यहाँ आउने गर्दछन् । यस वर्ष पनि शुक्रबार परेको हिउँपानी वर्षासँगै साँखुका माधवनारायणका व्रतालुहरु पनौतीको मेलास्थलमा स्नान गरी पूजाआजा गरिनेछ ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *