माक्र्सवादी क्रान्तिकारीका प्रमुखमा राउत

काभ्रे । नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी क्रान्तिकारीका जिल्ला अध्यक्ष शम्भु के राउत पनौती नगरपालिकाको नगर प्रमुख पदमा उम्मेदवार हुनुहुने भएको छ ।
शनिबारको भेलाले सल्लाहकार विष्णु दुलाल, राज्य समितिका सदस्य रामकृष्ण आचार्य, भक्तपुर इन्चार्ज विष्णुप्रसाद दाहाल, काभ्रेका जिल्ला सदस्य सन्तोष लामा लगायतको भेलाले जिल्ला कमिटीका जिल्ला संयोजक एवं पनौती नगरपालिकाका इन्चार्ज शम्भु के राउतलाई मेयर पदमा उठाउने सर्वसम्मत चयन गरिएको हो ।
माक्र्सवादी र जनमोर्चा स्थानीय तहको निर्वाचनमा गठबन्धन गरी काभ्रेको १३ वटै स्थानीय तहमा साझा उम्मेदवारहरु तयार गरी केही दिनमा तोकिने अध्यक्ष राउतले बताउनुभयो ।
त्यसैगरी पनौती नगर भेलाले १५ सदस्यीय नगर कमिटी गठन गरेको छ । नगर इन्चार्जमा शम्भु के राउत, सेक्रेटरी सुमन हुमागाईं, सह सेक्रेटरी वेदबहादुर खड्का, सचिव प्रमिला घिमिरे, कोषाध्यक्ष कृष्ण खड्का, सह सचिव दिनेश घिमिरे र सदस्यहरुमा सुमन नगरकोटी, किरण तामाङ, निशान्त ताम्राकार, सानुमैंया राई, प्रकाश ठकुरी, सानुभाई श्रेष्ठ, जानुका घिमिरे, दिपक हुमागाईं, सुरेश श्रेष्ठ रहनुभएको छ भने सल्लाहकारमा गोविन्द नेपाली, अमृत परियार, कृष्ण खड्गी, शान्ति श्रेष्ठ, सरस्वती श्रेष्ठ र गोकुल बस्नेत रहनुभएको छ ।
त्यस्तै जिल्ला कमिटीमा अध्यक्ष शम्भु के राउत, उपाध्यक्ष अर्जुन हुमागाईं, महिला उपाध्यक्ष मञ्जु लामा, महासचिव विमला लामा, सचिव इश्वरी अधिकारी, सहसचिव सपना परियार, कोषाध्यक्ष सरस्वती श्रेष्ठ, सदस्यहरुमा सावित्री बञ्जारा, बालकृष्ण भट्टराई रहनुभएको छ भने अरु सदस्यहरु पछि थप गर्ने अध्यक्ष राउतले जानकारी दिनुभयो ।
त्यसैगरी सल्लाहकार रोहण सुनार, दिपक खत्री, लक्ष्मण भट्टराई रहनुभएको छ ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *