मनको चौतारी लुटिएको सपना र अतितमा भुल्ने प्रयास

तिमीले दिएको मायाको उपहार आज मेरो भयो सहारा जीवनको ।

खुसी त्यतै लुटिलग्यौ किन चैन छिन्यौ तिमीले नै मेरो यो मनको ।।
यस्तै रैछ माया भन्ने पिल्सिएर बस्नुपर्ने अतितको पीडामा ।
नझार्नु दुई थोपा आँशु तिमीले दुःखले म चडिदा म चितामा ।।
मैले हार्दा जित्छौ तिमी भने हारिदिन्छु सधैं हाँसी हाँसी तिम्रै लागि ।
तिमीले दियौ केवल पीडा मेरो मायाको साटोमा खुशी मेरो मागी ।।
कहाँ गए भन तिम्रा देउरालीलाई साक्षी राखी खाएका खाएका ती वाचा कसम ।
मागेकै भए दिन्थें सबथोक मुटु नै मेरो छिया छिया पा¥यौ भ नमकसरी अब बाचम ?
उसले सोच्यो किन भावनाले मलाई धोका दिइन् त ? आखिर किन उनी मेरो भावनासँग खेलवाड गर्दैछिन् ? यस्तै यस्तै सोच्दा सोच्दै रोशन आफ्नो घर पुगेको पत्तै पाएन । एक जग पानी पिएर रोशन आफ्नो बेडमा बस्यो र सोच्न थाल्यो–“किन यति ठूलो खेलवाड म माथि भावना ऽऽऽ ………….. ” । भावनाले गरेको बेवफाइ सम्झेर रोशन रातभरि तड्पिरह्यो ।
आखिर रोशनलाई भावनाले किन धोका दिइन् त ? के रोशनसँग भावनाले लाएको माया नाटक मात्र थियो त ? के उनीहरुको माया सिर्फ दुई दिनको नाटक अर्थात खेल मात्र थियो त ? उनीहरुको मायाको डोरी चुडिनुमा आखिर दोष कसको ? आखिर के कारण उनीहरुको परेवाको जोडी झैं मायामा दरार आयो त ?
सुखमा त सबैले सजिलै जीवन जीउन सक्छ तर पीडै पीडामा रुमल्लिएर जीवन जीउन कति सहज होला त्यो त सायद पीडामा जिउनेलाई नै थाहा होला । अनि चोखो मायाको संसारमा डुब्नेलाई नै थाहा होला । आफन्तबाट नै घात उपहार पाउनेलाई थाहा होला मायाको पीडा सहन कति सहज हुन्छ भनेर । माया जस्तो पवित्र नातालाई आफ्नो स्वार्थ अनुकुल बनाउन खोज्ने भावना जस्ता मायाका खेलाडीलाई मायामा जल्ने, तड्पनेहरुको पीडासँग के सरोकार । अनि पीडामा जलेर मरे पनि कुनै दुखेसो हुँदैन ।
यस्तै नै रहेछ आधुनिक जमानाका माया प्रेम । यहाँ माया प्रेमको आ–आफ्नै परिभाषा र बुझाई रहेको पाइन्छ । आ–आफ्नै तरिकाले माया प्रेमलाई बुझ्ने प्रयत्नमा आजका प्रेमीहरु रहेका छन् । तर पनि कसैको जीवनलाई असर पार्ने गरी गरिने माया प्रेम पक्कै पनि उचित नहोला । कसैको भावना माथि खेलवाड गर्नु पनि पक्कै माया कै उपहास होला । माया प्रेममा त्याग तपस्या हुनु पर्ला । आफ्नो मात्रै खुसी चाहने मायालाई के माया भन्न सकिएला त ?
यस्तै माया गर्नेहरुको भीडमा अरुको भावनामा खेलवाड गरी जीवन नै बर्बाद गर्न पछि नपर्नेहरु पनि प्रशस्तै पाइन्छ यहाँ । यस्तै नै त रहेछ नी माया गर्नेहरुको यहाँको चलन । पल पल माया गर्दै मायामा नै सारा जीवन अर्पण गर्नेहरुको यहाँ कुनै मुल्य नै नहुँदो रहेछ । यहाँ दोष कसको ? पीडामा जीउनेहरुको या फूलको रस चुसेर चटक्कै माया मार्ने भमरा झैं घातमाथि घात गर्दै भावना माथि खेलवाड गर्नेको ?
जसलाई आफ्नो सम्झी सर्वस्व सुम्पियो उसैले घात गर्दा कस्तो अनुभूति होला ? त्यो त घात उपहार पाउनेलाई नै थाह हुन्छ घात गर्नेलाई त के थाहा ? मायालाई हचुवाका भरमा लिने अनि अरुको भावनासँग खेलवाड गर्नमा रमाउनेहरु जब आफूमाथि घात हुन्छ अनि आफूलाई साँचो, निःस्वार्थ माया गर्नेलाई सम्झन पुग्छ तब पश्चाताप गर्नु भन्दा अन्य बिकल्प नै बाँकी रहदैन । ऊ आफैले घात गरेको चाहिँ सम्झन चाहदैन ।
उता रोशन भने अतितमा डुब्दै थियो । हरियालीले ढाकिएको सुन्दर प्राकृतिक सुन्दरतामा रम्दै भावनाको काखमा आफ्नो शीर राख्दै मायाको संसारमा हराउँदै थिए । मीठा मीठा मायाका कुराहरु गर्दै मायाको संसारमा आफूलाई डुबाउँदै थिए । “भावना, आजभोलि माया प्रेमलाई किन आफ्नो स्वार्थ पूर्तिको साधन बनाउँछन् मानिसहरु …………………… ? मलाई……. धोका दिने त छैनौ ? आजभोलीका यूवतीहरु सुन्दर तन, धन दौलतलाई हेरेर माया गर्छन् रे !” रोशनको कुरा नसकिँदै भावनाले भनी– “भो यो भन्दा एक शब्द पनि बढी नबोल त । थाह छ तिमी बिनाको मेरो जीवन त म कल्पना पनि गर्न सक्दिन । जिन्दगी जीउन त माया चाहिन्छ सम्पत्ति हैन । म तिमी बिना बाँच्न सक्दिन । मलाई जुनी भरको लागि, जन्म जन्म सयौं जन्म तिम्रो बनाऊ । म केबल तिम्रै हुन चाहन्छु ।” एक्कासी रोशन तन्द्राबाट ब्यँझियो ।
“ झूठ, ………ऽऽऽ सब झुठ …………….., तिम्रा ती बाचा कसम सारा झुठो रहेछ । यदि ती बाचा कसम साँचो थियो त आज किन मलाई तड्पाइमा जिउन बाध्य पा¥यौ ? किन यति झुठो बाचा कसम खायौ त ? किन ? आखिर धोका दिनु नै थियो त किन झुठा वाचा कसम खायौ ? आखिर किन ? पल पल तड्पाएर मार्नु भन्दा एकै चोटि भए पनि त हुन्थ्यो । हाँसी हाँसी मरिदिन्थें तिम्रो खुसीको लागि केवल तिम्रै खुसीको लागि । जसलाई आफ्नो ठानें । जसलाई आफ्नो सबथोक सम्झें ऊ नै पराई भए पछि अब बाँच्नुको के नै अर्थ रह्यो र ? अब ममा कुनै जिउने चाह छैन । तिमीबिना म बिल्कुल एक्लो भएको छु भावना एक्लो । मेरा सबै खुसीहरु रित्तिए । एक्कासी रोशन आवेगमा आएर आफूलाई सम्हाल्नै सके र भित्तामा आफ्नो टाउको ठोक्काउन थाल्यो । टाउको ठोक्काउँदा ठोक्काउँदै अर्धचेत बन्यो ऊ ।
बेहासीमा नै बर्बराउन थाल्यो ऊ– “ भावना ऽऽ, म तिमीबिना बाँच्न सक्दिन । भावना ऽऽऽ मलाई छाडेर नजाऊ । भावना ऽऽऽ ………. भावना ऽऽऽ………….।” तर भावनालाई रोशनको कुनै मतलब नै थिएन । भावना त साजनको तड्पाइमा खुसी नै थिइन् सायद । रोशन बेहासीमा बर्बराई भावनाको नाम लिँदा आफै थकित भइसकेका थिए ।
उसको मुहार भरी रगतै रगत लत्पतिएको थियो भित्तामा टाउको ठोक्काएका कारण । अनुहार ढक्क फुलेको थियो । अनुहार भरी घाउ नै घाउ थियो र पनि कत्ति पनि उनलाई दुखाइको अनुभव थिएन । कोठा बिल्कुलै एकान्त थियो । चारैतिर झ्याल ढोका बन्द थियो । न त उसको कुनै आवाज बाहिर जान्थ्यो न त बाहिरको कुनै आवाज नै भित्र आउन सक्थ्यो । केहि क्षणपछि साजन होसमा आयो । ऊ जुरुक्क उठ्यो र अट्टहास गरी जमीन नै थर्कने गरी हाँस्न थाल्यो । हा ऽऽऽ हा हा ऽऽऽ हा ऽऽऽ उ भावना आई , भावना आई, अब मलाई छोडेर नजाउ है भावना भन्दै भित्तामा टाँसिएको भावनाको फोटोलाई चुम्बन ग¥यो । फोटोलाई अंगालोमा कसी धर्धरी रुन थाल्यो ।
ऊ भावनाको प्रेममा डुबेर उनले दिएको मायाको मीठो उपहार पीडामा जीउँदा जीउँदै अर्धपागल भइसकेको थियो । “एक जन्ममा त साथ दिन नसक्नेले किन सयाँैं जन्मको साथ दिन्छु भन्ने । ” तर … तर ठीक छ, तिमी खुशी छौ नी ? म बाट के भूल भयो ? मेरो सबथोक नै तिमीलाई सुम्पीसकेथें मैले त । म बाट केहि गल्ति भए माफ गर ल । सायद तिमीलाई खुसी राख्न तिमीलाई दिने मसँग केहि थिएन र त तिमीले मलाई आफ्नो हृदयबाट निकाली फोहोरको नालीमा फालिदियौ ।
ठीकै छ………, ठीकै छ सधैं तिमी खुसी रहनु ल म पीडामा जले पनि, मरे पनि । आखिर म त जीउँदो लाश न हुँ । न त खुसी हुन नै सक्छु न त अरुलाई नै खुसी दिन सक्छु । मात्र तिमी खुसी रहनु …………. । तिमीले किन मलाई पराया ठान्यौ ? तिमीले मलाई पराया बनाए पनि म तिमीलाई कहिल्यै पराया ठान्न सक्दिन । तिमीलाई कदापी भुल्न सक्दिन भावना ।
रोशन र भावना एक अर्कालाई अति नै मन पराउँथे । सँगसँगै जीउने सँगसँगै मर्ने कसम खाएका उनीहरु आफ्नो मायालाई संसार कै नमूना मायाको रुपमा रुपान्तरण गर्न चाहन्थ्यो । घण्टौ एक अर्काको अँगालोमा बाँधिएर सुन्दर भविष्यका योजनाहरु बुन्थे । उनीहरुको माया देखेर जो कोहि पनि इष्र्याले जल्थे । लाग्थ्यो उनीहरुको जस्तो मायालु जोडी कुनै छैन । परेवाको जोडीलाई पनि माथ ख्वाउने उनीहरुको जोडी थियो ।
एक अर्काको मायामा रमाएर जीवनलाई सुखद अनि सफल पार्ने योजनामा तल्लिन थिए दुबै । अचानक रोशनकोे मुटुको ढुकढुकीको चाल नै रोकिए झैं भयो । कौवाले बिना फ्वाँकमा नराम्रो सन्देश दिँदै का ऽऽऽ का ऽऽऽ गरी धर्ती नै थर्कने गरी ठूलो ठूलो स्वरले चिच्याउन थाले । सुन्दर , रमणीय, हराभरा हरियाली जङ्गलहरु पनि उजाड उजाड झैं देखिन थाल्यो । समुन्द्रको गति पनि उल्टो बगे झैं देखिन थाल्यो । सूर्यको किरण पनि दिउँसै प्रकास विहिन भए झ,ैं देखिन थाल्यो । चारैतिर अन्धकार अनि सन्नाटा छाउन थाल्यो । संसार नै अन्धकारले ढाके झैं भयो । संसार नै सून्य भएको अनुभव गर्न थाल्यो रोशनले भावनालाई सम्झेर ।
कसैले रोशनलाई अस्पतालमा लगेर भर्ना गरिदिएछ । अस्पतालको बेडमा उनी अर्धचेत अवस्थामा भावनालाई नै बोलाउँदै थियो तर उसको आवाज भावनाले भने सुन्न सकेको थिएन । रोशन अस्पतालमा रहेका कुरा थाह पाएर पनि भावना उसलाई भेट्नलाई गइनन् तर चाहना भने अन्य कर्मचारीसागै रोनलाई भेट्न अस्पताल नै पुगिन् । तर अस्पतालमा रोशनले कोहिसँग पनि दोहोरो कुरा नै गरेन ।
भावना किन रोशनसँग टाढिन खोज्दैथिइन् यसको जवाफ भावनालाई नै थाह होला अरु कसैलाई पनि थाह थिएन । उसको उपचारमा संलग्न चिकित्सकहरुले पनि उसलाई उसको अतित बताउन आग्रह गरे तर उसले कुनै पनि कुरा बताउन चाहेन । मात्र भन्ने गथ्र्यो–“मेरो सबथोक लुटियो । ”
क्रमशः
(घटना सत्य भए पनि पात्रहरु फेरिएका छन् । ) अजबलमबmबचद्दण्ण्छ२नmबष्।िअयmरअजबलम)बmबचद्दण्ज्ञण्२थबजयय।अयm

 

content advertise ment

Leave a Reply

Your email address will not be published. Required fields are marked *