मध्यदीप त्रैमासिकमा सूर्यप्रसाद

निर्दिप के.सी.
काभ्रे । पनौतीका साहित्यकार सूर्यप्रसाद लाकोजू विशेषांक सहित मध्यदीप त्रैमासिक पत्रिका शुक्रबार बजारमा आएको छ ।
मध्यदीप त्रैमासिक पत्रिकामा सल्लाहाकार शब्दयात्रा प्रकाशनका संस्थापन अध्यक्ष हरिमञ्जुश्री, कानुनी सल्लाहकार अधिवक्ता हरिशरण बस्नेत, सम्पादक÷प्रकाशक प्रदिप केसी (बञ्जारा), अतिथि सम्पादक रामसुन्दर देउजा, सह–सम्पादक निर्दिप केसी र सम्पादक सहयोगी त्रय अमृत अधिकारी, पुष्पराज अधिकारी एवं रामप्रसाद पौडेल रहनुभएको छ । यस्तै सूर्यप्रसाद लाकोजू विशेषांकको डिजाईन साजसज्जाको पाटो बिपशना शाक्यले सम्हाल्नुभएको छ ।
यसअघि सो पत्रिका मासिक रुपमा प्रकाशन भईरहेको थियो । मासिक पत्रिका हुँदा वर्ष १३ अंक १ र २ मा धुलिखेल नगरपालिकाका स्वास्थ्य प्रमुख सन्दिप केसीको एकल स्वास्थ्य विशेष लेखहरु प्रकाशित भएका थिए भने अंक ३ मा शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरिमञ्जुश्रीका बारेमा लेख रचनात्मक प्रकाशित भएका थिए ।
यस मध्यदीप त्रैमासिक पत्रिकामा डाक्टर तुलसीप्रसाद भट्टराई, मोहन दुवाल लगायत ३८ जना व्यक्तिवहरुले सूर्यप्रसाद लाकोजूको वारेमा एकल लेख र कविताहरु संग्रह गरी प्रकाशक गरिएको छ । काभ्रेली स्रस्टा लाकोजू लोकप्रिय लेखक, साहित्यकार, अक्षरमार्ग साहित्यिक त्रैमासिक पत्रिका र बालोद्यान मासिक पत्रिकाका प्रकाशक तथा सम्पादक समेत हुनुहुन्छ ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *