काभ्रे । मण्डनदेउपुर नगरपालिकामा ‘मण्डनदेउपुर बृहत सुख्खा क्षेत्र खानेपानी आयोजना’ सुरु भएको छ । मंगलबार बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले एक कार्यक्रमका बीच उक्त आयोजनाको शिलान्साय गर्नुभएको हो ।
उक्त आयोजनाबाट नगरपालिकाका पाँच हजारभन्दा बढी घरमा ‘एक घर, एक धारा’ हुने छ । नगरप्रमुख टोक बहादुर वाइबाका अनुसार पाँच हजार तीन सय घरधुरीमा ‘एक घर, एक धारा’ कार्यक्रम अन्तर्गत खानेपानी पु¥याइदैँ छ । नगरपालिका र विभिन्न संघ संस्थाको सहयोगमा ‘एक घर, एक धारा’ कार्यक्रम सञ्चालन हुँदै आएको छ ।
यो आयोजनाबाट मण्डनदेउपुर नगरपालिकाको ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ का पाँच हजार पाँच सय पाँच घरधुरी लाभान्वित हुने नगरपालिकाले जनाएको छ । नगरपालिकामा चार हजार पाँच सय घरधुरी छन् । यी घरधुरी सहित भुकम्पपछि थपिएका घरमा ‘मण्डनदेउपुर बृहत सुख्खा क्षेत्र खानेपानी आयोजना’ घर घरमा खानेपानी पु¥याइनेछ ।