मकरको कथा र सूर्यप्रसाद

प्रदीप के.सी.
युवा पत्रकार, साहित्यका एवं लेखक सूर्यप्रसाद लाकोजूले मकरको कथा नामक पुस्तक सार्वजनिक गरेका छन् ।
मकरको कथाको प्रकाशन सविता कुमारी श्रेष्ठले गर्नुभएको हो भने त्यस कथालाई १० पृष्ठमा पौराणिक रुपको चित्र सहित मकरको कथामा प्रकाश रंजितद्वारा लेखिएका १० वटा चित्र समेत समेटिएको छ । कथालाई स–साना बालबालिकाहरुले समेत बुझ्न सक्ने भाषाशैली र शब्दहरु प्रयोग भएका छन् ।
प्यारा भाइबहिनीहरुलाई कथा सुनाउँदै लेखकले प्राचिन र संस्कृतिको संगम हो पनौती नगर भनी शुरु गर्नुभएको छ ।
१२ वर्षे मकरमेला शुरु भएको प्रचलित रमाइलो पाराबाट कथा शुरु गरिएको छ । कथामा पनौतीलाई पुण्यवती नगर र राजा दीर्घरथले आफ्नो राज्यमा लामो समयदेखि पानी नपरेकोले पनौतीमा परापूर्वकालमा सिंचाई पनि गर्न नसकेपछि खेतबारीमा अन्न उब्जाउ हुन सक्दा आफ्नो राज्यका जनताहरु भोकभोकै मर्न लागेपछि राज दीर्घराजले राजसभा डाँकी आफूले पानी पार्नको लागि फूलचोकी पर्वतमा गई तपस्या गर्न आफ्ना राजपुरोहितसँग परामर्श गरी साइत जुराई तपस्याका लागि फूलचोकी पर्वततर्फ लागेको किंवदन्तीको आधारमा कथा लेखिँदै गएको छ ।
फूलचोकी पनौतीबाट पश्चिमतर्फ रहेको र पश्चिममा फूलचोकी माताको बासस्थान भएकोले राजाले विधिपूर्वक फूलचोकी माताको तपस्या गर्नथाले भने सोही बखतमा पाटनका राजा सत्यवर पनि आफ्नो राज्यमा पानीको अभाव भएकोले फूलचोकी माईको तपस्या गर्न आएका थिए भन्ने कथामा उल्लेख गरिएको छ ।
कुनै राजाले धेरै वर्षसम्म फूलचोकी माताको तपस्या गरेकाले फूलचोकी माता प्रसन्न भई दुवै राजालाई प्रत्यक्ष दर्शन दिँदै फूलचौकी माईले भनिन्– “हे राजन हो ! तिमीहरुको कठोर तपस्यादेखि म अति प्रसन्न भएको छ, तिमीहरुले किन मेरो आराधना ग¥यौ भन” भन्दा दुवै राजाले आफ्नो राज्यतर्फ बहने नदी वरदान पाउँ भनी मागेकाले दुवै राजालाई माताले तिमीहरु दुई मध्ये सबैभन्दा पहिले सुन र चाँदीको फूल कसले चाँडो ल्याउन सक्छ उसैतर्फ ठूला नदी वरदान दिनेछु भनी माताले भनेपछि पनौतीका राजा दीर्घराज र पाटनका राजा सत्यवर आफ्नो राज्यमा फर्किएर गएपछि पनौतीका राज दीर्घराजले सुनजस्तो तोरीको फूल र चाँदीजस्तो मुलाको फूल लगेर चढाए भने पाटनका राज सत्यवरले सुन र चाँदीको फूल कालिगढहरुलाई बनाउन लगाई फूलचोकी मातालाई चढाए । यसरी कृषियोग्य जमिन भएको पुण्यवती नगरमा बाह्र वर्षे मकरमेला गर्नुपर्ने र पाटनतर्फ १२ वर्षे गोदावरी मेला गर्नुपर्ने वाचा राी दुवैतिर नदी बगाइदिइन् भन्ने कुरा कथामा उल्लेख गरेको पाइन्छ ।
यसैगरी राजा दीर्घराजले आफूले नदीका साथै मकरमेलाको पनि वरदान पाएकाले राजा नगर फर्केर आएपछि नगरमा खुशियाली छायो र साँझ दीपावली गरिएको चर्चा कथामा उल्लेख गरिएको छ ।
कथामा पाटन र पनौतीको प्रतिस्पर्धा देखाउन खोजिएको छ र पानीको आवश्यकता सुन चाँदीको गहना बनाउनेलाई भन्दा खेती किसान गर्नेलाई बढी पानीको आवश्यकता पर्ने प्रमाणित राजा दीर्घराजले गरेपछि लिलावती नदी, त्रिवेणीघाटमा पुगेपछि पद्मवती र गुप्त रुपमा बहने रुद्रावती नदी मिलेर तीर्थ उत्पत्ति भई त्यसबेला देखि मकरमेला लागेको हो भन्ने कुरा हिमवत् खण्डकाव्यमा उल्लेख भएको पाइन्छ ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *