मंगलटारबाट ३३ बोरा चिनी बरामद

मंगलटार । जिल्लाको रोशी गाउँपालिका ९ मंगलटार प्रहरी चेक पोष्टले अवैध चिनी बरामद गरेको छ ।

बुधबार बिहान ८ः३० बजे प्रहरी निरीक्षक पञ्चलाल गोलेको कमाण्डमा खटिएको टोलीले चेक जाँच गर्ने क्रममा संखुवासभा खादबारीबाट काठमाडौँतर्फ जाँदै गरेको गरेको बाप्र ०३–००१ ख १९६६ नं को बस चेकजाँच गर्ने क्रममा सो अवैध चिनी बरामद गरिएको हो ।

उक्त बसको हुट र डिकीमा अवैधरुपमा लुकाइछिपाइ ल्याएको ३३ बोरा (करिब १ हजार ६५० किलोग्राम) बराबरको चिनी बरामद गरिएको र उक्त बससँगै चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

content advertise ment

Recommended For You

About the Author: Madhyamarga News

Leave a Reply

Your email address will not be published. Required fields are marked *